हालै गरिएको एक अनुसन्धानका आधारमा डाक्टर हवार्ड मुरादका अनुसार स्मार्टफोन र कम्प्युटर स्क्रीनबाट निस्कने अल्टवायलेट किरण छालाका लागि हानिकारक हुने गर्दछ । त्यसैले कम्प्युटरमा लामो समयसम्म काम गर्दाको समय सनस्क्रिनको प्रयोग गर्नु उपयुक्त हुने बताएका छन् ।
डा.मुरादका अनुसार कम्प्युटर र स्मार्ट फोनको प्रयोगबाट हुने असर कडा घामबाट छाला पर्ने असर जत्तिकै हानिकारक हुने गर्दछ । विशेषज्ञले विगतमा पनि घामबाट निस्कने किरणको हानिकारक अल्टवायलेट किरण हाम्रो छालाका लागि असर गर्नेकारे पहिले नै सचेत गराइसकेका छन् ।
डा.मुरादका अनुसार चार दिनसम्म काम गर्दा जति मात्रामा अल्टवायलेट किरणको सामना गरिरहेका हुन्छौँ त्यो २० मिनेट चर्काे घाममा रहनु बराबार हुन्छ । उनले एक कार्यक्रममा यसबाट बच्नका लागि एक तत्व ल्यूटिनयुक्त सनस्क्रिनको प्रयोग गर्न सक्ने बताए । यसका अलावा केही सब्जी र फलमा पनि यो तत्व पाउन सक्ने बताएका छन् ।
ल्यूटिनले घामका हानिकारक अल्टवायलेट किरणबाट हाम्रो छालालाई बचाउने गर्दछ । उनका अनुसार प्राकृतिक रुपमा ल्यूटिन प्राप्त गर्नका लागि अनार, तरबुजा र एक खास प्रकारको गुलाबी अङ्गुरको दाना सेवन गर्न सकिन्छ । यिनीहरुमा एंटी अक्सिडेन्ट तत्व हुन्छ । जसले घामको किरणबाट हुने क्षतिबाट छालालाई बचाउने गर्दछ ।nepaljournal
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks