slow computer

कम्प्युटर ढिलो स्टार्ट हुन्छ ? यसो गर्नुस्

कहिले कहीं कम्प्युटर ढिलो खुल्दा या नेट चलाउदा क्रोम्ले रेस्पोंद नगर्दा रिस उठेर आउने गर्दछ । प्राय हामी यस्तो अवस्थामा कम्प्युटरलाई नै दोष दिने गर्छौ । तर, यस्तो अवस्थामा हामीले आफै कहीं गलत गरेर यस्तो भएको त हैन भनेर कहिले सोच्दैनौ । प्राय मानिसको भनाइ हुन्छ मेरो कम्प्युटर पुरानो भयो त्यसकारण चल्दैन। हामीले सफ्टवेयर इन्स्टल गर्दा खासै ध्यान दिँदैनौँ । जसले गर्दा कम्प्युटरको अपरेटिङ सिस्टम खुल्नासाथ क्रमैसँग सफ्टवेयर खुल्न थाल्छन् ।

पहिला यदी तपाइको नेट ढिलो लोड भईरहेको छ भने क्रोम खोलेर त्यसको एक्सटेन्सनमा रहेका केहि एप्लीकेसनलाई रेमोव गर्दिनु । त्यसो गर्नलाई क्रोमको दाहिने कोनाको ३ ओत थोप्ला भएको स्थानमा क्लिक गर्ने । त्यसपश्चात त्यहाँ दिइएको अप्सन मद्धे ‘मोर टुल्स’ अप्संमा जाने अनि एक्सटेन्सनमा क्लिक गर्ने । अब त्यहाँ हाम्रो क्रोमसंग जोडिएका कहीं काम नलाग्ने एक्सटेन्सनलै रेमोभ गर्दिने ।

⇔ पहिला युजमा आएका तर अहिले नआएका सफ्टवेयरलाई हटाउने

⇔ कम्प्युटरको ब्राउजर , इन्टरनेट एक्स्प्लोरर, फायरफक्स, क्रोम, सफारी० जहिले पनि अपडेटड गरिरहने

⇔ कम्प्युटरमा हुने टेम्पोरोरी फाइललाई हटाउने । यसले कम्प्युटरलाई भार बढाउँछ रिसाइकल बिनमा भएका फाइलहरू समय समयमा खाली गरिरहने

⇔ डेस्कटपमा हुने अनावश्यक फाइल डिलिट गर्ने

⇔ इन्टरनेटबाट डाउनलोड गर्दा आवश्यक प्रोग्राम तथा कार्यक्रम मात्र डाउनलोड गर्नुपर्छ

⇔ कम्प्युटरमा आवश्यक एन्टिभाइरस हुनुपर्छ । कम्प्युटर छिटो खुल्छ र समयमा काम गर्न सकिन्छ
koshionline