computer capacity

कम्प्युटर कस्तो र कति क्षमताको हुनुपर्छ ?

तपाईंंको कम्प्युटरको अपरेटिङ सिस्टम कुन हो ? ३२ बिट कि ६४ ? यो प्रश्न धेरैले सोधेको पाइन्छ । सामान्यत: ६४ बिटको तुलनामा ३२ बिटको कम्प्युटर मूल्यका हिसावले सस्तो पर्छ । त्यसैले धेरैले बजेटको हिसाबले ३२ बिटको कम्प्युटर किन्छन् । ३२ बिटको कम्प्युटरको सफ्टवेयर ६४ बिटको कम्प्युटरमा चल्छ, तर ६४ बिटको सफ्टवेयर ३२ बिटको कम्प्युटरमा चल्दैन ।

कम्प्युटरमा हुने सबै क्याल्कुलेसन् वा प्रक्रिया माइक्रोप्रोसेसरको सहायताले हुन्छ, जसलाई प्रोसेसर वा चिप भनिन्छ । उक्त चिप कम्प्युटरको सिपियु टावरको भित्र मदरबोर्डमा फिट गरिएको हुन्छ । कुनै पनि प्रोसेसिङका लागि डाटा प्राप्त गर्ने (इन्पुट) र प्रोसेसिङ पश्चात डाटा दिने (आउटपुट) काम यसले गर्छ । एकै पटक कति डाटा इनपुट र आउटपुट गर्छ भन्ने आधारमै कम्प्युटरको क्षमता निर्धारण हुन्छ ।

३२ बिट कम्प्युटरको प्रोसेसरले एकै पटक ३२ बिट डाटा ग्रहण गर्छ भने ६४ बिटले यसको दोब्बर अर्थात् ६४ बिट । यसको अर्थ ६४ बिट माइक्रोप्रोसेसर भएका कम्प्युटरले दोब्बर रफ्तारमा काम गर्छन् । ६४ बिट कम्प्युटरमा ड्युअल कोर, क्वाड कोर, अक्टाकोर भनिएजस्तै मल्टिकोर प्रोसेसर उपलब्ध हुन्छन् । यसको अर्थ एउटै चिपमा धधेरै चिप वा माइक्रोप्रोसेसर एकै साथ काम गर्ने गरी राखिएका हुन्छन् । ड्युअल कोरको अर्थ दुई, क्वाडकोरको अर्थ चार र अक्टाकोरको अर्थ आठवटा माइक्रोप्रोसेसर छन् भन्ने बुझिन्छ । पछिल्लो समयमा कम्प्युटरबाहेक स्मार्टफोनमा पनि यस्ता विभिन्न प्रोसेसर राखिएको पाइन्छ ।

यी दुवैमा र्‍याम अर्थात् रिड एक्सेस मेमोरी पनि फरक हुन्छ । कम्प्युटरको सिपियु टावर भित्र हुने एक प्रकारको हार्डवेयर नै र्‍याम हो । कम्प्युटरका हार्डवेयर, सफ्टवेयर र अपरेटिङ सिस्टमले विभिन्न प्रकारका डाटा प्रयोग गर्छन् । डाटालाई प्रोसेसिङ गर्नुअघि र गरिसकेपछि संग्रह गर्न स्थान चाहिन्छ । र्‍याममा यी विभिन्न डाटालाई संग्रहित गरिन्छ । जति बढी क्षमताको र्‍याम भयो, उति नै डाटा संग्रह गर्ने काम तिब्र गतिमा हुन्छ । र्‍याम कम भयो भने कम्प्युटरको गति पनि घट्छ । ३२ बिट भएको कम्प्युटरमा बढीमा ४ जीबीसम्म क्षमताको र्‍याम मात्र प्रयोग गर्न सकिन्छ भने ६४ बिटको कम्प्युटरमा त्यसभन्दा बढी । त्यसैले पनि भिडियो एडिटिङ, एनिमेसन, थ्रीडी ग्राफिक्स आदि विभिन्न प्रकारका सफ्टवेयरको प्रयोग गर्नेहरूले ६४ बिटको कम्प्युटर प्रयोग गर्छन् । प्रोसेसर र र्‍याम दुवै दृष्टिकोणले ती व्यवसायीहरूका लागि ६४ बिटको कम्प्युटर उपयोगी हुन्छ ।

अहिले सबै अपरेटिङ सिस्टम ६४ बिटमा चल्न थालेका छन् । विभिन्न प्रकारका सफ्टवेयर पनि त्यसै अनुसार निर्माण गरिएका छन् । ती सफ्टवेयरलाई ३२ बिट कम्प्युटरमा चलाउने प्रयास गरियो भने त्यसमा आवश्यक र्‍याम र प्रोसेसरको कमी भएको देखाउँछ र चल्दैन । त्यसैले नयाँ कम्प्युटर किन्दा ६४ बिट भएको कम्प्युटर छनोट गर्नु उपयुक्त हुन्छ । यसमा पुराना धेरै जसो सफ्टवेयर चल्छन् नै, त्यसबाहेक भविष्यमा आउने सबै प्रकारका सफ्टवेयर पनि चल्छन् ।

आफूले प्रयोग गरिरहेको कम्प्युटरको विन्डोज अपरेटिङ सिस्टम ६४ बिट छ वा ३२ बिट भन्ने कुरा थाहा पाउन कन्ट्रोल प्यानलमा गएर सिस्टममा क्लिक गर्नुपर्छ । त्यसपछि ‘भ्यू एमाउन्ट अफ र्‍याम एन्ड प्रोसेसर स्पिड’ मा क्लिक गर्नुपर्छ । त्यसपछि त्यहाँ उक्त कम्प्युटरमा ६४ वा ३२ बिट कुन छ भन्ने जानकारी बाहेक कम्प्युटरमा कति र्‍याम छ र कुन प्रोसेसर छ भन्ने जानकारीसमेत प्राप्त गर्न सकिन्छ । यो कुरा ल्यापटपमा पनि लागू हुन्छ । ekantipur

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks