कबाडी सामानबाट सस्तो कम्प्युटर बनाउने यी प्रतिभाशाली बालक

काठमाडौं, ३१ भदौ — आफ्नो लक्ष्यका बारेमा प्रस्ट हुने व्यक्ति मात्र सफल हुन्छ । त्यो लक्ष्यप्राप्तिमा लगातार मेहनत गरेपछि व्यक्ति सफल हुने हो ।

Nepali typing


अनि सफलताप्राप्तिका लागि उमेरको छेकवार हुँदैन । यस्तै एक उदाहरणीय व्यक्तित्वका रूपमा जयन्त पारब देखिएका छन् ।

जम्मा १६ वर्षको उमेरमा यिनले कबाडी सामानबाट नौ इन्चीको गजबको कम्प्युटर बनाएका छन् । यसका लागि जयन्तले कसैको मद्दत लिएनन्, सबै कुरा आफैं गरे ।

कक्षा नौमा फेल भएर विद्यालय छोडेका जयन्तको पिता एक कबाडी पसल चलाउँछन् । यही कबाडीको सामानबाट जयन्तले सस्तो कम्प्युटर बनाएका छन् ।

बिग्रेपछि फालिएका थोत्रा कम्प्युटरलाई जोडजाड गरेर गरीबहरूलाई कम्प्युटर बेच्ने लक्ष्य लिएका छन् यिनले । गरीबहरूले पनि कम्प्युटरको लाभ उठाउन सकून् भनेर सस्तोमा बेच्ने उनको योजना हो ।

अहिलेको युग भनेको कम्प्युटरको युग हो र पछि गएर त कम्प्युटरविना केही पनि सम्भव हुँदैन । त्यसैले जयन्तको यो प्रयासले सबैको पहुँचमा कम्प्युटर पुग्ने देखिन्छ । http://lokaantar.com

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks