सोल (दक्षिण कोरिया) । जाडो याममा कपाल झर्ने समस्या त आम नै हो । कहिलेकाहीँ वातावरण फेरिँदा पनि कपाल झर्छ । हामीमध्ये कतिपयको त कपाल झर्दा झर्दा तालु नै देखिइसकेको पनि होला । दक्षिण कोरियाका वैज्ञानिकहरूको एक समूहले कपाल झर्नै नदिने नयाँ खालको बायोकेमिकलको विकास गरेको त्यहाँको विज्ञान मन्त्रालयले बताएको छ । यसले कपाल झर्ने समस्या समाधानमा नयाँ ढोका खोलिदिएको विश्लेषण गरिएको छ ।
योन्सेई युनिभर्सिटीका चोई काङयोयल नेतृत्वको समूहले सीएक्सएक्ससी ५ नामक एक प्रोटिन पत्ता लगाएका छन् । यस प्रोटिनले वयस्कहरूको ‘फोलिकल’ विकासमा नकारात्मक तŒवको काम गर्ने र झरेको कपालसमेत पलाउन नदिने भेटिएको विज्ञान तथा सूचना सञ्चार प्रविधि मन्त्रालयले विज्ञप्तिमा भनेको छ । सीएक्सएक्ससी ५ लाई नकारात्मक तŒवको रूपमा काम गर्न नदिन वैज्ञानिकहरूको समूहले पीटीडी–डीबीएम नामक बायोकेमिकल पदार्थको सफलतापूर्वक विकास गरेका छन् ।
यस बायोकेमिकलले सीएक्सएक्ससी ५ लाई फोलिकल विकासमा अवरोध पुर्याउन नदिने, कपालको वृद्धिलाई बढाउने र घाउ चोटका कारण बिग्रिएको फोलिकलको पनि पुनरुत्पत्ति गर्ने अनुसन्धाताहरूले बताएका छन् । यो अनुसन्धानका लागि विज्ञान मन्त्रालयले रकम उपलब्ध गराएको थियो । यसमा फेला परेका तथ्यहरूलाई ‘जर्नल अफ इन्भेष्टिगेटिभ डर्माटोलोजी’ नामक जर्नलको पछिल्लो संस्करणमा प्रकाशित गरिएको थियो ।
abhiyan
https://www.youtube.com/watch?v=8A4wdQihRIc
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks