कण्डमको रक्सी, एक बोत्तलको मुल्य चार सय रुपैयाँ

क्यारेबियन देश क्युवा डान्स, बेसबल, रम र सिगार तथा लाइफस्टाइललगायत पाटोका कारण विश्वमा बढी चर्चित छ । तपाईंमध्ये अधिकांशलाई थाहा नहुन सक्छ, क्युवाको राजधानी हवानामा कण्डमको रक्सी बनाइन्छ । आज हामी यस्ता व्यक्तिबारे तपाईंहरुलाई जानकारी गराउँदै छौं जो कण्डमको सहायताले वाइन बनाउने काम गर्छन् ।

Nepali typing

६५ बर्षीय ओरेटेसको आइडिया
क्यूवाको हवानामा एक परिवार यस्तो छ जो सन् २००० देखि कण्डमबाट रक्सी बनाउँदै आएको छ । ६५ वर्षका ओरेटेस एस्टेवेज धेरै समयदेखि रक्सी बनाइरहेका छन् । यसका लागि उनी अंगुर, अम्बा, अदुवा, बाह्रमासे र कण्डमको प्रयोग गर्छन् । फलफुलको मिश्रणलाई अलग–अलग फ्लेवरका कण्डमबाट ढाकेर फर्मेन्टेशन गरिने उनले बताए । यसो गर्दा ग्यास बन्छ र कण्डम फुल्न थाल्छ र यसपछि कण्डमको फ्लेवर रक्सीमा मिसिन्छ । जब कण्डम फुल्न बन्द हुन्छ तब रक्सी तयार हुन्छ ।

 

पुरै परिवार यो व्यवसायमा 
ओरेटेसको पुरै परिवार यो व्यवसायमा लागेको छ । आमीको जागिरपछि आफू यो व्यवसायमा लागेको उनी बताउँछन् । उनलाई श्रीमती र छोराले सहयोग गरिरहेका छन् ।

एक दिनमा ५० बोत्तल बिक्री 
एउटा वाइनको जार बन्नका लागि कम्तिमा ४५ दिन लाग्छ । क्युवाका मानिस ओरेटेसले उत्पादन गर्ने ब्राण्डको रक्सी धेरै मन पराउँछन् । यतिमात्रै होइन, घर तथा रेस्टुरेन्टहरुमा उनको रक्सी अत्यधिक मन पराउँछन् । ओरेटेसले दिनमा करिब ५० बोत्तल रक्सी बेच्ने गरेको बताए । एक बोत्तल रक्सीलाई ४० सेन्ट (लगभग नेपाली चार सय रुपैयाँ)मा बेच्छन् । क्युवाका नागरिकको औसत आय ३२५ डलर प्रतिमहिना छ । कमजोर आर्थिक अवस्थाका क्युवालीमाझ सस्तो र मिठो कण्डम फ्लेवरको रक्सी लोकप्रीय बनेको छ ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks