कट्रिनादेखि शाहरुखसम्म, यसकारण गिनिज बुकमा नाम लेखाए यी कलाकारले

बलिउडका कलाकारहरु भारतमा मात्र नभएर विश्वभरमै चर्चित छन् । यसको कारण उनीहरुको अभिनय मात्र नभएर उनीहरुले गर्ने अनौठा काम पनि हुन् । तिनै कामका कारण उनीहरुले विश्व रेकर्ड कायम गर्न सकेर गिनिज बुकमा नाम लेखाएका हुन् ।

अमिताभ बच्चन
बलिउड अभिनेता अमिताभ बच्चनको नाम पनि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश गरिएको छ । उनको नाम लेखिनुका पछाडि भने अनौठो कारण छ । वास्तवमा अभिताभले १९ अलग अलग गायकहरुसँग हनुमान चालीसा गाएर सो विश्व रेकर्ड कायम गर्न सफल भएका थिए ।

Learn English - Dew Meaning in English to Nepali below

अभिषेक बच्चन
अमिताभका छोरा अभिनेता अभिषेक बच्चनले पनि विश्व रेकर्ड कायम गरिसकेका छन् । उनले १२ घन्टामा ७ सहर घुमेर गिनिज बुकमा आफ्नो नाम लेखाएका थिए । यसअघि हलिउडका अभिनेता वील स्मिथले दुई घन्टामा तीन शहर पुगेर रेकर्ड राखेका थिए । अभिषेकले त्यसबेला आफ्नो फिल्म ‘दिल्ली ६’ को प्रमोसनका लागि ती शहरहरु घुमेका थिए । यसका लागि उनले आफ्नै निजी विमानको प्रयोग गरेका थिए ।

शाहरुख खान
बलिउडका किङ खान शाहरुख खानले २०१३ मा सर्वाधिक कमाई गरेर गिनिज बुकमा नाम लेखाएका थिए । उनले त्यसबेला २२०.५ करोड भारतीय रुपैयाको कमाइ गरेर विश्व रेकर्ड कायम गर्न सकेका हुन् ।

कपूर परिवार
फिल्मी क्षेत्रको सबैभन्दा ठूलो परिवार कपूर परिवारका २४ सदस्य कलाकारको रुपमा काम गर्छन् । बलिउडको सुरुवात् भएदेखि नै कपूर परिवारले फिल्मी क्षेत्रमा कब्जा जमाएको थियो । सन् १९९९ देखि आजसम्म पनि उनीहरु बलिउडमै लागेर फिल्मी क्षेत्रको सबैभन्दा ठूलो परिवारको रेकर्ड कायम गरेको छ ।

कट्रिना केफ
अभिनेत्री कट्रिना केफ सन् २०१३ मा सबैभन्दा धेरै कमाउने कलाकार बनेकी थिइन् । उनले त्यस वर्ष ६३.७५ करोड कमाई गरेर गिनिज बुकमा नाम लेखाउन सफल भएकी थिइन् ।

सोनाक्षी सिन्हा
अभिनेत्री सोनाक्षी सिन्हाको नाम सन् २०१६ मा गिनिज बुक अफ वल्र्ड रेकर्डमा समावेश गराइएको थियो । सोनाक्षीले एकैसाथ धेरै महिलाहरुसँग मिलेर नङ पालिस लगाएकोमा रेकर्ड बनाएकी थिइन् । विश्व महिला दिवसको अवसरमा सोनाक्षीले १,३२८ महिलाहरुका साथमा सो कार्यक्रममा सहभागी भएकी थिइन् ।

आशा भोसले
गायिका आशा भोसलेले ११ हजार भन्दा बढी एकल गीत गाएर विश्व रेकर्ड बनाएकी थिइन् । यसका साथै उनले २० अलग अलग भाषामा समेत गीत गाइसकेकी छन् । यसकारण सन् २०११ मा उनको नाम गिनिज बुकमा लेखिएको थियो ।