एउटै फार्मबाट दैनिक एक लाख ४० हजार अन्डा

स्याङ्जा : स्याङ्जाको साविक खिलुङदेउराली ८ ठाडाखेत भौगोलिक हिसाबले बिकट मानिन्थ्यो । साविक पुतलीबजार नगरपालिका र खिलुङको सिमाना हेलु बजारबाट पुल तरेपछि कुनेटोमा रहेको खेत अहिले औद्योगिक क्षेत्रका रूपमा विस्तार भएको छ । वरिपरि पहाड तथा जंगलले घेरिएको भूभागबीच समथर खेतको काल्नाबाट बगेको दरौं खोलाको व्यवस्थापन गर्दै गाउँमा उद्योग सञ्चालन गरेर युवा उद्यमी खुमाप्रसाद अर्याललगायत समूहले युवालाई रोजगारी दिएका छन् ।

Nepali typing

 

पेसाले चार्टर्ड एकाउन्टेन्ट अर्याल राजनीतिमा पनि सक्रिय छन् । गाउँमा करोडौं रुपैयाँ लगानी गरेर उनी जिल्लामा हालसम्मकै ठूलो उद्योग बनाउन सफल भएका छन् । भीरकोट नगरपालिका खिलुङ कालिका एग्रो फार्म प्राइभेट लिमिटेड कम्पनीका नाउँमा स्थापना गरिएको मुलुककै अत्याधुनिक ‘लेयर्स कुखुरा फर्म’ चार वर्षदेखि सञ्चालनमा ल्याइएको छ । जर्मनी प्रविधि ‘ब्याट्री केज’ प्रणालीबाट सञ्चालित उक्त फार्ममा दुई लाख लेयर्स कुखुरा अटाउने क्षमता छ ।
पूर्ण स्वचालित उक्त ब्याट्रिकेज कुखुरा फार्मबाट अन्डा उत्पादन सुरु भइसकेको छ । जर्मनीको आधुनिक प्रविधिद्वारा सञ्चालित फार्ममा लक्ष्यअनुरूप अन्डा उत्पादन सुरु भएको छ । मुलुककै पहिलो स्वचालित एग्रो फार्मबाट हाल दैनिक एक लाख ४० हजारभन्दा बढी अन्डा उत्पादन हुने गर्छ ।

करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा दुई लाख कुखुराका लागि चारवटा ठुल्ठूला भवन निर्माण गरिएको छ । एउटा भवनमा ५० हजार चल्ला हुर्काउन मिल्ने गरी तीनवटा भवन निर्माण गरिएका छन् । बन्द घरभित्र रहेका ती चल्लाले चार महिनामा अन्डा दिने र दैनिक एक लाख ३५ हजार अन्डा उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । ‘वातावरणमैत्री बन्द घरभित्र रहेका ती कुखुराका लागि आवश्यकताअनुसार दाना, पानीलगायत आवश्यक खाद्यवस्तु मेसिनद्वारा तयार पारिन्छ भने मेसिनको प्रयोग गरी अन्डा पनि एकीकृत रूपमा एकै ठाउँ जम्मा पारिन्छ’,

कार्यकारी अधिकृत शोभाकान्त ढकालले भने ।

जिल्लाकै पहिलो र ठूलो उद्योग रहेको उक्त फार्मबाट लक्ष्यअनुसार अन्डा उत्पादन हुन थालेपछि लगानीकर्ता हौसिएका छन् । उपभोक्ताले ताजा अन्डा खान पाएका छन् । यहाँ उत्पादित अन्डा पश्चिमाञ्चल क्षेत्रका बागलुङ, तनहुँ, गुल्मी, कास्की, पर्वत र स्याङ्जामा बिक्री हुँदै आएको छ । अन्डाको माग दिनदिनै बढ्दै गएको फार्मले जानकारी दिएको छ । गुणस्तरीय र ताजा अन्डा बजारमा पुर्‍याइएको हुँदा यहाँ उत्पादित अन्डाको माग बढी भएको हो ।

एउटा केजमा आठवटा मात्र कुखुरा राखिन्छ । ६ हजार दुई सय ४० वटा केजमा रहेका ५० हजार कुखुराका अन्डा एउटै स्थानमा जम्मा हुने गर्छन् । १५ महिनासम्म नियमित अन्डा दिने र त्यसपछि मासुका लागि बिक्री गर्न सकिने लेयर्स कुखुराका चल्ला जर्मनी र मलेसियाबाट ल्याइएका हुन् । पश्चिमाञ्चल विकासक्षेत्रका सबै ठाउँमा अन्डा पुर्‍याउने र पश्चिमाञ्चललाई अन्डामा आत्मनिर्भर बनाउने कम्पनीको लक्ष्य छ ।

तत्कालीन खिलुङदेउराली र हालको भीरकोट नगरपालिकाका गंगाराम अर्याल, हरिप्रसाद शर्मा, चूडामणि र श्यामप्रसाद अर्याललगायत सातजना सञ्चालको उक्त एग्रो फार्ममा झन्डै ६० करोड रुपैयाँको लगानी छ । फार्ममा २५ जना कर्मचारी छन् भने प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ९० जनाभन्दा बढीले रोजगारी पाएका छन् । जिल्लामै पहिलो र ठूलो उद्योगका रूपमा खिलुकालिका एग्रो फार्म प्राइभेट लिमिटेड सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै अन्यले पनि यस्ता उद्योगमा लगानी बढाएर जिल्लालाई समृद्ध बनाउन जरुरी रहेको बताउँछन् एग्रो फार्म सञ्चालक भेषराज अर्याल ।

अहिले उक्त क्षेत्रमा चहलपहल बढेको छ । कुखुराका फार्मबाट ९० प्रतिशत उत्पादन भइरहेकोमा सञ्चालक पनि सन्तुष्ट छन् । वातावरणीय हिसाबले उक्त क्षेत्र अत्यन्त उपयुक्त रहेको उनीहरूको भनाइ छ । वरपर हरियाली वनजंगल, नजिकैको दरौं खोला, बस्तीदेखि फार्म उपयुक्त ठाउँमा छ । फार्ममा हाल दैनिक चारदेखि पाँच टनसम्म सुली उत्पादन हुने गरेको छ । फार्ममा चिकित्सकदेखि वातावरणीय विज्ञले नियमित रेखदेख र जाँच गर्ने गर्छन् ।

फार्मबाट दैनिक रूपमा निकासी हुने फोहोर (कुखुराको सुली) लाई व्यवस्थापन गर्दै झन्डै तीन सय ३० किलोवाट क्षमताको बायोग्यास पावर प्लान्ट निर्माण गरिएको छ । पुतलीबजार ४ स्थित नागडाँडामा प्लान्ट निर्माण गरिएको छ । प्लान्ट केही समयभित्र सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ । फोहोर व्यवस्थापनसँगै विद्युत् तथा दैनिक झन्डै ११ टन जैविक मल उत्पादन हुनेछ ।

जिल्लामा दैनिक एक लाख ८० हजारको हाराहारीमा अन्डा उत्पादन हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिव्यक्ति वार्षिक ४८ वटा अन्डा उपभोग गर्नुपर्छ ।annapurnapost

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks