एउटा स्याउ दैनिक खाँदा हुन्छ यी लाभ

स्याउमा भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस। आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्वह? पाईन्छन् । जसले हामीलाई डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ ।

Nepali typing
  • अनिन्द्राको समस्या
    अनिन्द्राको समस्या छ भने सुत्नु भन्दा अगाडि एकदाना स्याउ र मनतातो दुध पिउदा मस्त निन्द्रा लाग्छ ।
  • तौल सन्तुलित राख्छ
    धेरै तौलका कारण हुने हृदय रोग, उच्च रक्तचाप, मधुमेय जस्ता रोगहरुबाट छुट्कारा मिल्छ । स्याउमा प्रर्याप्त मात्रामा हुने फाइबरले तौल कम गर्न सहयोग गर्छ ।
  • आँखाको ज्योति
    आँखाको ज्योति कमजोर हुनेले खानासँगै हरेक दिन एउटा स्याउ खानुपर्छ ।
  • मुहार सुन्दर बनाउँछ
    स्याउको नियमित सेवनले तपाईको अनुहारमा भएका कालो धव्वाह? पनि हराएर जान्छ र अनुहार सुन्दर देखिन्छ ।
  • कब्जियत
    यसले पेटमा ग्यास जम्मा हुन दिँदैन र पेटका किरा पनि नाश गर्छ । दुई ओटा स्याउ व एक गिलास ताजा जुस पिउँदा पेटको किरा मर्नुका साथै कब्जियत पनि भगाउछ । कब्जियत भएकाले दिनहु खाली पेट स्याउ खाँदा कब्जियत निको हुनको साथै भोक बढाउँछ ।
  • पत्थरी
    पत्थरीका बिरामीका लागि स्याउ औषधी नै साबित भएको छ । बिरामीले हरेक दिन चार देख पाँच ओटा स्याउ खाँदा निको हुन्छ ।
  • मधुमेह
    मधुमेह अर्थात चिनी रोग लाग्ने सम्भावना कम गर्छ। मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ। बिहान उठ्नेवित्तिकै स्याउ खाँदा राम्रो हुने स्वास्थ्य विज्ञहरुको भनाई छ।
  • क्यान्सरको खतरा हटाउँछ
    नियमित सेवन गर्दा पेट तथा स्तनको क्यान्सर हुनबाट बचाउँछ । स्याउले मानिसको शरिरमा रोगसंग लड्ने कोशिकामा तागत प्रदान गर्छ ।
  • दाँत मजबुत बनाउँछ
    तपाईले ब्रस गर्दा पनि दाँत चम्किलो हुँदैन भने तपाई दैनिक स्याउ मजाले चपाएर खानुहोस, दाँतमा चमक आउने छ । यसका साथै स्याउले मुखको व्याक्टेरिया समेत हटाउँछ र दाँतलाई मजबुत बनाउँछ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks