उफ् कस्तो गर्मी, गर्मीबाट बच्न विज्ञहरुकाे केही सुझाव

राजधानी उपत्यकासहित देशका पूर्वी र पहाडी जिल्लाहरुमा गर्मी बढेको छ । ३ वर्षयताकै उच्च गर्मी भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भूकम्पका कारण तहसनहस भएका उपत्यकाबासी गर्मीलै हैरान हुन थालेका छन् ।
गर्मीका कारण जनमानसमा तापक्रमकै कारण बेहोस हुने, ज्वरो आउने र खराब खाने कुरा खादा झाडाबान्ता लाग्ने, वाकवाकी लाग्ने लगायतका रोगहरु लाग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनीले बताए।
साथै गर्मीको समयमा लामखुट्टेको टोकाई बाट मेलेरिया, डेंगाे, इन्सेफ्लाईटिस लगायतका रोगहरु बढी लाग्ने र तापक्रम बढी हुँदा शरीरमा पानी र नुनको मात्रा समेत कमी हुने मरासिनीले बताए। ४० डिग्रि सेन्टिग्रेडभन्दा माथि तापक्रम हुँदा लामखुट्टे आफैँ पनि मर्न थाल्छ।
मुलुकको पुर्वी भागमा तातो हावा र पश्चिमी भागमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएपछि विज्ञहरुले सर्वसाधारणसँग केही सातासम्म वचाउका उपाय अपनाउन आग्रह गरेका छन् । अत्यधिक गर्मीको समस्या अगामी दुई-तीन सातासम्म जारी रहन सक्ने मौसम विद्हरुले बताए।
गर्मीको दुष्प्रभाव बुढापाका, गर्भवती, वालवालिका, दिर्घरोगी, कामदार लगायतहरुमा बढी देखिने भएकोले उनिहरुलाइै थप सतर्कता आवश्यक रहेको विज्ञहरुले बताएका छन ।
अत्यधिक गर्मी र तातो हावाले शारिरीक समस्या उत्पन्न गर्नुको मुख्य कारण शरिरमा नुन र पानीको कमी हुनु हो । ‘बंगालको खाडीबाट मनसुन नआएसम्म गर्मीको मार जारी रहन्छ’, डा. मरासिनीले बताए। साथै उनले भने तापक्रम बढी हुदा हिट स्र्टाक, सिन्नकोप लगायतको समस्या आउने बताए।
यसको कारणले मानवशरीरमा एक्कासी तापक्रम बढेर शरीरको तापक्रम १०५ देखि ११४ डिग्री सेन्टीग्रेड सम्मको पुग्छ र तत्काल नै बेहोस भई मूत्यु हुन्छ।
यसबाट बच्नका लागि निम्न कुराहरुमा ध्यान पुर्‍याउन विज्ञहरुको सुझाव  
घाममा बाहिर हिँड्डुल नगर्ने, हिँड्डुल गर्दा हल्का पातलो वा खुकुलो कपडाको प्रयोग गर्ने। विद्यार्थी, सुरक्षा निकाएका कर्मचारीलाई लामो समयसम्म लगातार लाईनमा नराख्ने, शारीरिक क्रियाकलाप पनि बढी नगराउने। दिउँसोको समयमा भन्दा बढी बिहान बेलुकाको समयमा दैनिक कामहरु गर्ने।
पानीको मात्रा सेवन बढी गर्ने, झोल पदार्थ बढी खाने र बाहिर तिर खुल्ला  राखिएको खाने कुरा नखाने । खरभुजा, कागति, मेवा, स्याउजस्ता फलफूलहरु सफा पानीले धोएर प्रशस्त मात्रामा खाने। उखु तथा नरिवलको जुस पनि गर्मीका लागि निकै लाभदायक मानिन्छ।
चर्किएको घाममा हिँड्दा शरीर ढाकिने गरी पुरा कपडा लगाएर हिँड्नुपर्छ अन्यथा चर्को घामको किरणले गर्दा छालामा क्यान्सरजस्ता रोगहरु समेत लाग्न सक्छ।
मुख्यत : अत्याधिक गर्मीबाट बच्नका लागि सफा स्वच्छ पानी दैनिक ६ देखि ७ लिटरसम्म सेवन गर्नुपर्छ। पानी पिउँदा उमालेर सेलाएको तथा किटाणुररहित मात्रै प्रयोग गर्नुपर्नेमा डाक्टरहरु जोड दिन्छन्।
यस्ता कुराहरुमा ध्यान दिएमा अत्याधिक गर्मीमा लाग्ने रोगहरुबाट मुक्त पाउन सकिन्छ।

राजधानी उपत्यकासहित देशका पूर्वी र पहाडी जिल्लाहरुमा गर्मी बढेको छ । ३ वर्षयताकै उच्च गर्मी भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भूकम्पका कारण तहसनहस भएका उपत्यकाबासी गर्मीलै हैरान हुन थालेका छन् । गर्मीका कारण जनमानसमा तापक्रमकै कारण बेहोस हुने, ज्वरो आउने र खराब खाने कुरा खादा झाडाबान्ता लाग्ने, वाकवाकी लाग्ने लगायतका रोगहरु लाग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनीले बताए। साथै गर्मीको समयमा लामखुट्टेको टोकाई बाट मेलेरिया, डेंगाे, इन्सेफ्लाईटिस लगायतका रोगहरु बढी लाग्ने र तापक्रम बढी हुँदा शरीरमा पानी र नुनको मात्रा समेत कमी हुने मरासिनीले बताए। ४० डिग्रि सेन्टिग्रेडभन्दा माथि तापक्रम हुँदा लामखुट्टे आफैँ पनि मर्न थाल्छ। मुलुकको पुर्वी भागमा तातो हावा र पश्चिमी भागमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएपछि विज्ञहरुले सर्वसाधारणसँग केही सातासम्म वचाउका उपाय अपनाउन आग्रह गरेका छन् । अत्यधिक गर्मीको समस्या अगामी दुई-तीन सातासम्म जारी रहन सक्ने मौसम विद्हरुले बताए। गर्मीको दुष्प्रभाव बुढापाका, गर्भवती, वालवालिका, दिर्घरोगी, कामदार लगायतहरुमा बढी देखिने भएकोले उनिहरुलाइै थप सतर्कता आवश्यक रहेको विज्ञहरुले बताएका छन । अत्यधिक गर्मी र तातो हावाले शारिरीक समस्या उत्पन्न गर्नुको मुख्य कारण शरिरमा नुन र पानीको कमी हुनु हो । ‘बंगालको खाडीबाट मनसुन नआएसम्म गर्मीको मार जारी रहन्छ’, डा. मरासिनीले बताए। साथै उनले भने तापक्रम बढी हुदा हिट स्र्टाक, सिन्नकोप लगायतको समस्या आउने बताए। यसको कारणले मानवशरीरमा एक्कासी तापक्रम बढेर शरीरको तापक्रम १०५ देखि ११४ डिग्री सेन्टीग्रेड सम्मको पुग्छ र तत्काल नै बेहोस भई मूत्यु हुन्छ। यसबाट बच्नका लागि निम्न कुराहरुमा ध्यान पुर्‍याउन विज्ञहरुको सुझाव घाममा बाहिर हिँड्डुल नगर्ने, हिँड्डुल गर्दा हल्का पातलो वा खुकुलो कपडाको प्रयोग गर्ने। विद्यार्थी, सुरक्षा निकाएका कर्मचारीलाई लामो समयसम्म लगातार लाईनमा नराख्ने, शारीरिक क्रियाकलाप पनि बढी नगराउने। दिउँसोको समयमा भन्दा बढी बिहान बेलुकाको समयमा दैनिक कामहरु गर्ने। पानीको मात्रा सेवन बढी गर्ने, झोल पदार्थ बढी खाने र बाहिर तिर खुल्ला राखिएको खाने कुरा नखाने । खरभुजा, कागति, मेवा, स्याउजस्ता फलफूलहरु सफा पानीले धोएर प्रशस्त मात्रामा खाने। उखु तथा नरिवलको जुस पनि गर्मीका लागि निकै लाभदायक मानिन्छ। चर्किएको घाममा हिँड्दा शरीर ढाकिने गरी पुरा कपडा लगाएर हिँड्नुपर्छ अन्यथा चर्को घामको किरणले गर्दा छालामा क्यान्सरजस्ता रोगहरु समेत लाग्न सक्छ। मुख्यत : अत्याधिक गर्मीबाट बच्नका लागि सफा स्वच्छ पानी दैनिक ६ देखि ७ लिटरसम्म सेवन गर्नुपर्छ। पानी पिउँदा उमालेर सेलाएको तथा किटाणुररहित मात्रै प्रयोग गर्नुपर्नेमा डाक्टरहरु जोड दिन्छन्। यस्ता कुराहरुमा ध्यान दिएमा अत्याधिक गर्मीमा लाग्ने रोगहरुबाट मुक्त पाउन सकिन्छ।

setopati.com