उत्तर कोरियाले आखिर किन घृणा गर्छ अमेरिकालाई ?

उत्तर कोरियाका सबै नागरिकको मनमा अमेरिका भन्ने शब्द नै घृणा मात्र भरिएको छ । उत्तर कोरियाली प्रशासन र सम्पूर्ण जनताको लागि समेत अमेरिका एक घृणित देश मात्र हो । उत्तर कोरियाली राज्यले त्यहाँका जनताका मनमा अमेरिका विरोधी भावहरु भरिदिएको छ । उत्तर कोरियनहरुले अमेरिकालाई साम्राज्यवादी, शोषकको रुपमा चिन्ने गर्दछन् ।

आखिर किन उत्तर कोरियाका मानिसहरुले यति धेरै अमेरिकालाई घृणा गर्दछन् त ? इतिहासमा यी दुई राष्ट्रबीच त्यस्तो के भएको थियो त ? यो जान्नको लागि भने एक पटक कोरियन युद्धको पाना एक पटक पल्टाएर हेर्नै पर्छ ।

दोस्रो विश्व युद्ध सकिएको केही वर्ष पछि सन् १९५० सुरु भएको कोरियन युद्धका कारण कोरियाले निकै नै सास्ति खप्नु परेको थियो । यद्यपी १९५३ मा उक्त युद्धमा विराम लागेला पनि भिषण युद्धका ३ बर्षमा लागेका चोटलाई अझै पनि उत्तर कोरियाले भुल्न सकेको छैन, न त उत्तर कोरियाली सरकारले त्यहाँका जनतालाई यसको बारेमा सायदै कहिले भुल्न दिनेछ । तर अमेरिकी जनताले भने यो युद्धको बारेमा धेरै पहिला नै भुलिसकेका छन् । भुल्न बाँकी छ त अमेरिकी प्रशासन, र विदेश नीतिले मात्र ।

 

मात्र तीन बर्षमा कोरियाली युद्धमा लाखौं मानिसको जीवन नष्ट गरेको थियो र सधैंको लागि कोरियाली प्रायद्विपको भौगोलिक संरचना नै बदलिदिएको थियो । सन् १९८८ मा पूर्व अमेरिकी वायु सेनाका कमाण्डर जनरल कर्टिस लेमेले एक साक्षात्कारमा आफुहरुले कोरियामा गएर लडेको युद्धमा उत्तर कोरियाको केही पनि चिज बाँकी नरहने गरी ध्वस्त बनाएको र दक्षिण कोरियाका पनि केही स्थानहरुमा आक्रमण गरेको बताएका थिए ।

अमेरिकी वायु सेनाले दिएको तथ्याङ्कका आधारलाई हेर्ने हो भने २७ जुलाई, १९५३ मा युद्ध विराममा हस्ताक्षर गर्नु अघि ९६ लाख जनसंख्या भएको उत्तर कोरियाका १३ लाख नागरिकहरु मारिएका थिए ।

देशका मानिससँग युद्ध सुरु गरेको उत्तर कोरियनले आफ्नो १३ लाख मानिसहरु छेदविछेद भएको थियो । २ करोड जनसंख्या रहेको दक्षिण कोरियाका ३० लाख नागरिक युद्धबाट नराम्ररी प्रभावित भए । त्यहाँका २ लाख २५ हजार सेना पनि युद्धको क्रममा मारिएका थिए ।

कोरियाली युद्धको ताका सन् १९५१ मा संयुक्त राष्ट्र संघको कमाण्डर इन चीफ बनेका अमेरिकी सेनाका उच्च व्यक्तित्व जनरल डगलस म्याकआर्थरले उत्तर कोरियामा भएको बर्बादी त्यसअघि कहिल्यै नदेखेको बताएका थिए । उनले आफुले त्यस्तो खाले आतंक कहिल्यै नदेखेको र यसको बारेमा बयान गर्नको लागि कुनै पनि शब्द नरहेको बताएका थिए । उनले आफुले जीवित मानिस भएको नाताले कहिले पनि त्यति धेरै रगत र लास एक साथ नदेखेको तर कोरियाली युद्धमा अन्तिक पटक जादाँ त्यहाँ त्यस्तो भयावह दृष्य देखेको दृष्टान्त सुनाएका थिए ।

दोस्रो विश्व युद्धको आतंक सकिएको मात्र ५ वर्षमै कोरिया युद्ध भएकाले उक्त युद्धमा धेरै मानिसले सहभागीता गर्ने समेत पनि चाहेका थिएनन् । युद्धमा ३३ हजार भन्दा पनि धेरै अमेरिकीहरु युद्धमा मारिएका थिए । सो युद्धमा छिमेकी चीनले आफ्नो कम्युनिस्ट छिमेकी उत्तर कोरियाको पक्षमा लड्का लागि ६ लाख सेनालाई युद्धमा होमेको थियो । लडाईं सकिएपछि अमेरिका र चीन त घर फर्किए, तर उत्तर कोरिया भने उक्त युद्धमा भएको तहसनहस समाल्दै र आफु पनि समालिँदै बसेको थियो । युद्धले पुरै उत्तर कोरियाको संरचनालाई नै तहननहस पारेको थियो । त्यहाँ कुनै पनि ठडिएको संरचना नै बाँकी थिएनन् ।

यद्यपी अमेरिकी नागरिकले भुले पनि अमेरिकाले कोरिया युद्धलाई भुलेको छैन । त्यसैले त अमेरिकाले उसकै शब्दमा ‘उत्तर कोरियाको तानशाह र आतंकबाट आफ्नो नागरिकको सुरक्षाको लागि आफ्ना नागरिकलाई उत्तर कोरिया जानमा प्रतिबन्ध नै लगाएको छ ।’

उत्तर कोरियाको विनाश गर्ने उद्देश्यले नै अमेरिकी वायु सेनाले त्यहाँ हवाई आक्रमण गरेको थियो । अमेरिकाले कोरिया युद्धको तीन वर्षमा कोरियाली जमिनमा ६ लाख ३५ हजार टन विस्फोटक पदार्थ विस्फोट गराएको थियो । इतिहासकार चाल्र्स आर्मस्ट्रांगको अनुसार अमेरिकी विमानहरुले ३२ हजार टन त नापलम विस्फोटक पदार्थ नै प्रयोग गरेका थिए ।

घातक अमेरिकी सैन्य हवाई हमलाको डरका कारणले नै उत्तर कोरियाले अमेरिकालाई त्यसबेलादेखि नै एक दुश्मनको रुपमा व्यवहार गर्दै आएको छ ।

दक्षिण कोरियाको पुसान राष्ट्रिय विश्वविद्यालयमा राजनीतिशास्त्रका प्रोफेसर रोबर्ट ई. केलीले उत्तर कोरियाले बम आक्रमणलाई अमेरिकाले गरेको मूल पापको संज्ञा दिएका छन् ।

अधिकांश इतिहासकारहरुका अनुसार कोरियली युद्धको सुरुवात भने किम इल सुङले दक्षिणमा आक्रमण गरेका पछि भएको थियो । तर उत्तर कोरियाले भने आफ्ना नागरिकहरुलाई अमेरिकाले नै पहिला युद्ध सुरु गरेको दाबी गर्दै आएको छ

उत्तर कोरियाले, यसैकारणले, आफ्ना नागरिकहरुमा अमेरिका विरुद्ध घृणा नै उत्पन्न गराउँदै आएको छ । उत्तर कोरियाका स–साना बालबालिकाले समेत अमेरिका विरोधी चित्रहरु बनाउँछन् । साथै उत्तर कोरियाली मिडियाहरुले अमेरिकी सेनाको बारेमा निकै नै आक्रमक भिडियोहरु प्रसारण गर्छन् । उत्तर कोरियालीहरुका लागि कोरिया युद्धको सुरुवात भएको दिन ‘२५ जुन’ अमेरिकी साम्राज्यवादको विरुद्ध संघर्षको दिनको उत्सव हो ।

कोरियाली युद्धका नायक किम इल सुङलाई उत्तर कोरियामा भगवान नै मानिन्छ । उनको सम्मानको लागि उत्तर कोरियाली नागरिकहरुले कविता र कलकृतिहरु बनाउँछन् । यसको उदाहरणको रुपमा ‘द सी अफ वल्र्ड’ नामक नाटकलाई लिन सकिन्छ । सो नाटकमा एक किसानको कथालाई प्रस्तुत गरिएको छ । जसले जापानी पेशाको विरुद्धमा आवाज उठाएको र वीरगति प्राप्त गरे पछि उनकी पत्नीले आफु कम्युनिष्टहरुसँग आवद्ध भएर जापानी अतिक्रमणकारीहरुलाई हराएको कथा प्रस्तुत गरिएको छ । उक्त नाटक हिंसात्मक भएता पनि त्यसलाई उत्तर कोरियाली सरकारले राष्ट्रवादी नाटकको नाम दिएको छ ।

कोरियाली युद्धका नायक किम इल सुङलाई उत्तर कोरियामा भगवान नै मानिन्छ । उनको सम्मानको लागि उत्तर कोरियाली नागरिकहरुले कविता र कलकृतिहरु बनाउँछन् । यसको उदाहरणको रुपमा ‘द सी अफ वल्र्ड’ नामक नाटकलाई लिन सकिन्छ । सो नाटकमा एक किसानको कथालाई प्रस्तुत गरिएको छ । जसले जापानी पेशाको विरुद्धमा आवाज उठाएको र वीरगति प्राप्त गरे पछि उनकी पत्नीले आफु कम्युनिष्टहरुसँग आवद्ध भएर जापानी अतिक्रमणकारीहरुलाई हराएको कथा प्रस्तुत गरिएको छ । उक्त नाटक हिंसात्मक भएता पनि त्यसलाई उत्तर कोरियाली सरकारले राष्ट्रवादी नाटकको नाम दिएको छ ।

उत्तर कोरियामा बदलाको मानसिकता सरकारमा मात्र सीमित नभएर उत्तर कोरियाका प्रत्येक नागरिकको मन मस्तिकमा पनि उत्तिकै हावी छ । उत्तर कोरियाली सरकारले आफ्ना नागरिकको प्रमुख दायित्व नै देशको रक्षा रहेको बताएको छ । साथै उत्तर कोरियामा सेना नै सर्वश्रेष्ठ र सर्वस्वीकार्य हुने उल्लेख गरिएको छ ।

जब उत्तर कोरियाको आणविक र मिसाइल परीक्षणको कुरा आउँछ तब किम शासनले लिवियाका नेता कर्णेल मोहम्मद गद्दाफीको तर्क गर्ने गर्छ, जसले सुरक्षा ग्यारेन्टी महसुशको लागि आणविक हतियार प्राप्तिलाई त्यागेका थिए । तर, पछि अमेरिकी प्रायोजनमै उनलाई सरकारबाट विस्थापित गरेर निर्ममतापूर्वक हत्या गरिएको थियो ।

उत्तर कोरियाले हालै ह्वासोङ–१५ नामको अन्तरमहाद्विपीय ब्यालेष्टिक मिसाईलको सफलतापूर्वक परीक्षण गरेको छ । अमेरिकाको जुनसुकै मुख्य भूभागमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेर अमेरिका विरुद्धको अभ्यासमा उत्तरले निरन्तर सफलता प्राप्त गर्दै गएको छ । तर उत्तर कोरियाको आजको समयमा शत्रुताले भरिएको विश्वमा आफ्नो रक्षाको लागि एक मात्र तरिका आणविक हतियार नै हो भन्ने सोचाई सभ्य हुन सक्दैन ।
-newssewa