ई–बैंकिङ प्रयोग गर्ने सरल र सुरक्षित तरिका (अत्यावश्यक जानकारी)

इन्टरनेट बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरु इन्ट्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ब्यालेन्स हेर्ने, स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, युटिलिटी सर्भिस (जस्तै मोबाइलको बिल तिर्ने) जस्ता कार्यहरु इन्टरनेट बैकिङबाट प्राप्त हुने केही सुविधाहरु हुन् ।

१. ब्यालेन्स हेर्ने
२. खातामा पाएको ब्याज छुट्टै हेर्ने
३. स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने
४. नयाँ चेक बुकको अनुरोध गर्ने
५. हराएको चेक रोक्काको अनुरोध गर्ने
६. शाखालाई ग्राहकको सन्देश दिने

Learn English - Dew Meaning in English to Nepali below

See more on youtube channel English to Nepali https://www.youtube.com/channel/UCGY-zO8qA-mqbOnYZYKoVGw/videos

इन्टरनेट बैंकिङको खाता खुलेको थाहा पाउन
खाता खुलेपछि ग्राहकले आफुले भरेको फर्ममा उपलब्ध गराएको इमेल ठेगानामा खाता खोलिएको सूचना पाउँछ । उक्त इमेलमा आफ्नो युजर नेम, पासवर्ड तथा संचालन सम्बन्धि अन्य प्रकृयाहरुको बारेमा सूचना प्राप्त हुन्छ ।

खाता खोली सकेपछि जान्नैपर्ने कुराहरु 
१. इन्टरनेट बैंकिङको लिंकमा क्लिक गरेर ई–बैंकको लगिन पेजमा जाने
२. माथि ५ नम्बरमा उल्लेख गरिएको इमेल मार्फत प्राप्त गरेको युजर नेम र पासवर्ड त्यहाँको फिल्डमा इमेलबाट कपी पेष्ट गरी ओके गर्ने ।
३. पहिलो पटक पासवर्ड दिँदा इ(बैंकको ब्उउष्अिबतष्यल ले पासवर्ड परिवर्तन गर्न माग गर्छ । यसरी नयाँ पासवर्ड राख्दा उक्त पासवर्ड नेपाल बैंकको पासवर्ड पोलिसि अनुसार हुनु पर्दछ ।
४. पाँच पटक सम्म युजरले गलत पासवर्ड राखेमा युजरको खाता स्वतः लक हुन्छ । यस्तो अवस्थामा फेरि लगिन गर्न सकिँदैन । यस्तो अवस्था आएमा युजरले आफ्नो शाखा मार्फत खाता अनुकुलको अनुरोध पठाउनु पर्दछ ।

इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु
१. आफ्नो युजर नेम र पासवर्ड अरु कसैलाई नभन्ने ।
२. सम्भव भए सम्म निजी कम्प्युटरबाट मात्र ई-बैंक सेवा उपभोग गर्ने ।
३. साइबर अथवा अन्य सार्वजनिक स्थानहरुको कम्प्युटरबाट यो सेवा उपभोग गर्दा पासवर्ड चोरी हुन सक्ने ४. सम्भावना बढी भएकोले सावधानी अपनाउने ।
५. आफ्नो कार्य सकिएपछि लग आउट गर्ने ।

bankingkhabar

https://www.youtube.com/watch?v=8A4wdQihRIc