infrastructure bank ipo

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ माघ २ गतेदेखि खुल्ला हुने

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ माघ २ गतेदेखि निष्काशन हुने भएको छ । नेपालको सार्वजनिक निष्काशन इतिहासमा यो सबै भन्दा ठूलो आइपीओ हो । बैंकले कर्मचारीका लागि १ लाख ६० हजार कित्ता (०.२० प्रतिशत), सामुहिक लगानी कोषका लागि ४० लाख कित्ता (५ प्रतिशत) र बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ।

८ अर्बको आइपीओ निष्काशनपछि बैंकको चुक्ता पुँजी २० अर्ब पुग्नेछ । बैंकले बिक्रि प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरोशेयरको वेबसाईट https://meroshare.cdsc.com.np बाट आवेदन दिन सक्नेछन्।

infrastructure bank ipo