fear potato

आलु खाने गर्नु हुन्छ ? विश्वभर नै बढी प्रयोग हुने आलु खान नजाने विष खाए बराबर

आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने गरेको छ । अझ नेपाल र भारत लगायतको देशमा त यसको उत्पादन तथा उपभोग बढी हुने गरेको छ । आलूलाई भण्डारण गरेर राख्ने गरिएको छ र यसलाई आवश्यकता अनुसार प्रयोग गर्ने गरिएको छ । तर यसरी भण्डारण गरिएको आलु प्रयोगले त्यति फाइदा भने पु-याउँदैन । यस्ता केही आलु छन् जसालई प्रयोग गर्दा त्यसले नकारात्मक असर पर्छ ।

Nepali typing

चाहुरि परेको आलु
लोमो समय राखेको आलुमा रहेको पानीको मात्र नष्ट भएसँगै आलु चाहुरिन पुग्छ । जसलाई विउको रुपमा प्रयोग गर्ने गरिन्छ । आलुलाई धेरै समय राखेरपछि त्यो चाहुरिन्छ, त्यसको टुसा उर्मन थाल्छ । यसैलाई बिऊको रुपमा प्रयोग गर्न सकिन्छ । यस्तो आलु सेवन गर्दा हानी पुग्छ । यस्तो चाउरी परेको आलुको सेवन गर्दा शरीरमा विषाक्त पदार्थ प्रवेश गर्छ ।

हरियो रंग
बजारमा खरिद गरेको बेला होस् वा सब्जी बनाउने बेला, बोक्रामा हरियो हुँदै गएको आलु सेवन नगरौं । लामो समय राख्दा पनि आलु हरियो हुँदै जान्छ । यस्तो आलुको हरियो भाग काटेर प्रयोग गर्नुपर्छ । आलुको हरियो भागमा सेलेनाइन विषाक्त पदार्थ हुन्छ ।

टुसा अंकुराएको आलु
आलुलाई लामो समयसम्म भण्डारण गरेपछि त्यसमा टुसा अंकुराउन थाल्छ । अक्सर यस्तो आलु रोप्नका लागि उपयोगी हुन्छ । तर, हामी टुसा अंकुराएको आलु सेवन गर्छौ, जो स्वस्थ्यकर मानिदैन ।

आलु खानुका ५ फाइदा

आलुका धेरैजसो परिकारहरु हामी मन पराउँछौ । बजारमा आलुको माग सदैव उस्तै हुन्छ । आलु एक सर्वसुलभ र सस्तो सब्जी तथा खाजा पनि हो। नेपालीका भान्सामा सबैभन्दा बढी उपयोग गरिने तरकारी पनि आलु नै हो । किनकी आलु जुनसुकै तरकारीमा मिसाएर खान सकिन्छ । साथै, यसको धेरै किसिमका परिकारसमेत बनाउन मिल्छ । आलु स्वास्थ्य र पोषणका दृष्टिकोणले समेत उपयोगी छ।a

  • माटो भित्र फल्ने आलुमा अत्यधिक पोषण तत्व रहन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ।
  • आलुमा भिटामिन, खनिज र एन्टि अक्सिडेन्ट लगायतका तत्व अधिक मात्रामा पाइन्छ । आलुमा पाइने एन्टि अक्सिडेन्टले क्यान्सर, मधुमेह, हृदय रोग लगायत पुराना रोगहरुमा समेत उपयोगी हुन्छ ।
  • यदि तपाईंमा रक्तचाप, प्रतिरोधात्मक शक्ति, पाचन प्रणाली लगायतका समस्या छन् भने आलुको सेवन निकै उपयोगी मानिन्छ।
  • आलुमा प्रशस्त स्टार्चको मात्रा हुने भएकाले यसले रगतमा इन्सुलिनको मात्रालाई कन्ट्रोल गर्छ । र ब्लड सुगर हुने खतरा घटाउँछ ।
  • आलुको नियमित सेवन गर्ने ब्यक्तिलाई ग्यास, कब्जियत, पेट दुख्ने लगायतका रोगको जोखिम कम हुन्छ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks