जर्जीयामा अहिलेसम्मकै पुरानो रक्सी फेला परेको दाबी गरिएको छ । जर्जीयाको राजधानी तबलिसीदेखि दक्षिण क्षेत्रमा फेला परेको पुरानो माटोको भाँडा र त्यसमा राखिएको ‘अंगुरको वाइन’ आठ हजार वर्ष पुरानो रहेको वैज्ञानिकहरुले दाबी गरेका छन् । फेला परेको उक्त माटोको भाँडो नवपाषण युगसँग सम्बन्धित रहेको समाचारमा उल्लेख गरिएको छ ।
उक्त ८ हजार वर्ष पुरानो माटोको भाँडो र त्यसमा रहेका केहि ‘वाइन’का अवशेषहरु अहिलेसम्म कै सबैभन्दा पुरानो अंगुरको ’वाइन’ बनेको प्रमाण भएको अनुसन्धानमा खटिएका वैज्ञानिकहरुको भनाइ छ। ‘प्रोसेसिंग अफ द नेशनल एकेडेमी अफ साइन्सेस्’ प्रकाशित अध्ययनमा भनिएको छ, ‘उक्त माटोको भाँडोमा केहि अंगुरबाट बनेको ’वाइन’को अवशेष भेटिएको छ ।’
टोरोन्टो विश्वबिद्यालयको वरिष्ठ अनुसन्धानकर्ता तथा यस अध्ययनका सह–लेखक स्टीफन बाट्युककाअनुसार उक्त भाँडोमा भेटिएको ‘वाइन’ जंगलमा पाइने यूरेसियाई प्रजातिको अंगुरबाट बनेको र यो प्रजातिको अंगुरबाट वाइन बनाइने पद्धती सबैभन्दा पुरानो हो ।’
यसअघि अंगुरबाट वाइन बनाइएको सबैभन्दा पुरानो प्रमाण इरानमा भेटिएको दाबी गरिएको थियो । इरानमा भेटिएको उक्त ’वाइन’ कम्तिमा पनि ७ हजार वर्ष पुरानो मानिएको बीबीसीले जनाएको छ ।
medianp
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks