आठ अर्ब रुपैयाँ खर्चेर पूर्वमन्त्रीले गरे छोरीको बिहे

नयाँ दिल्ली: नेपालमा अकुत सम्पत्ति भएका नेताहरुलाई सरकारले उपचारका नाममा लाखौं रुपैयाँ बाँडिरहेका बेला भारतमा एउटा शाही बिहेको भएको छ।

एकजना पूर्वमन्त्री तथा अर्बपति कारोबारी जनार्दन रेड्डीले आफ्नी छोरीको बिहेमै पाँच अर्ब भारतीय रुपैयाँ (करिब ७ अर्ब ९८ करोड ७७ लाख १७ हजार २०४ नेपाली रुपैयाँ) उडाएका हुन् ।

Learn English - Dew Meaning in English to Nepali below

See more on youtube channel English to Nepali https://www.youtube.com/channel/UCGY-zO8qA-mqbOnYZYKoVGw/videos

भारतीय सञ्चारमाध्यमका अनुसार धनाढ्य कारोबारी तथा पूर्वमन्त्री जनार्दन रेड्डीकी छोरी ब्रह्माणीको पाँच दिनसम्म चलेको बिहेमा पाँच अर्ब भारतीय रुपैयाँ खर्च गरिएको हो ।

करोडौंका सुनका अतिमहँगा गहना किनिएको यो बिहेमा बलिउडका कलाकारहरुको नृत्य पनि चर्चाको विषय रह्यो । समाचार अनुसार बेहुलीको साडीका लागि मात्रै १७ करोड र गहनाका लागि ९० करोड रुपैयाँ खर्च गरिएको थियो ।

बुधवार दिउँसो भएको यो अर्बौं खर्चसहितको बिहे सकेर मन्त्रीका परिवारका मानिस जहाज चार्टर्ड गरेर गृहनगर बल्लारी गएका छन् ।

मन्त्रीजीका जुवाइँ भएका २३ वर्षीय राजीव रेड्डी हैदराबादका व्यवसायी परिवारका सदस्य हुन् । समाचार अनुसार बिहेमा सहभागी हनुका लागि करिब ५० हजार पाहुनालाई निम्ता दिइएको थियो ।

जनार्दन रेड्डी बल्लारीका बासिन्दा हुन् । बल्लारीबाट आउने पाहुनका लागि बसको व्यवस्था गरिएको थियो । पाहुनाको मनोञ्जनका लागि ब्राजिलबाट साम्बा नर्तकीसहितका कलाकारलाई पनि बोलाइएको थियो ।

समाचार अनुसार बेङ्गलुरू प्यालेस ग्राउन्डमा रहेको ३६ एकड जमीनमा बिहेका लागि मण्डप सजाइएको थियो ।

जनार्दन रेड्डीले छोरीको बिहेका लागि आफूले ६ महिनाअघि नै सबै खर्च भुक्तानी गरिसकेको बताएका छन् । छोरीको बिहेका लागि खर्च जुटाउन आफ्नो सम्पत्ति धरौटीमा राखेको उनको भनाई छ ।

बिहेका क्रममा रेड्डीको बल्लारीस्थित घर, हम्पीको मन्दिर अगाडिको भागमा पनि बिहेको मण्डपको प्रतिकृति सजाइएको थियो ।

तर सुनको पानी चढाइएको निमन्त्रणण र बलिवुड कलाकारको नाचगानसहि चर्चामा आएको यो बिहेलाई आलोचकहरुले सम्पत्तिको भद्दा प्रदर्शन भनेका छन् ।

बीबीसी हिन्दीका अनुसार बल्लारीमा बुधवार साँझका लागि राखिएको रिसेप्सनमा पाहुनालाई  आमन्त्रित गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका यो बिहेमा अनुसार ५०० सय करोड भारतीय रुपैयाँ खर्च भएको छ । तर परिवारको सुत्र र नेताहरुले भने बिहेमा ४० देखि ५० करोड रुपैयाँ खर्च भएको दाबी गरेका छन् ।

karobardaily.com