आज विश्व हात धुने दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईँदै

काठमाडौं । आज विश्व हात धुने दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईंदैछ । राम्रोसँग हात धुने बानीको विकास गर्न र यसको महत्व बुझाउन हरेक वर्षको अक्टोबर १५ तारिखलाई विश्व हात धुने दिवसको रुपमा मनाईंदै आएको छ ।

संयु्क्त राष्ट्रसंघको आह्वानमा सन् २००८ देखि नेपालमा पनि यो दिवस मनाउँदै आइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सन् २०१४ मा गरेको अध्ययनले १३ प्रतिशत नेपालीले मात्र राम्रो सँग हात धुने गरेको देखाएको छ ।

केन्द्रले गरेको अध्ययन अनुसार नेपालमा झाडापखालाबाट ज्यान गुमाउनेमध्ये ८८ प्रतिशतको सरसफाइ, खानेपानीको अभाव तथा राम्रोसँग हात नधोएकै कारणले हुने गरेको छ । साबुन पानीले मिची मिची हात धोएमा नवजात शिशुको मृत्युदर उल्लेखनीय रुपमा घटाउन सकिने विशेषज्ञले बताएका छन् ।

साबुन पानीले हात धोएमा झाडापखाला जस्ता रोगलाई ४० प्रतिशत र श्वासप्रश्वास सम्बन्धी संक्रमणलाई २३ प्रतिशतले घटाउन सकिने उनीहरुको भनाई छ । विश्वमा सरसफाईमा ध्यान नर्पुयाउँदा हरेक वर्ष लाखौं बालबालिकाको ज्यान जाने गरेको ।

Stock market ideas in Nepali language