ipo

आईपीओ Primary market in Nepal

आईपीओ भर्न के के चाहिन्छ ?
१. बैंक खाता
२. डिम्यात खाता
३. सिआरएन नम्बर
४. मेरो सेयर

आईपीओ परेको कति दिन पछी डिम्यात खातामा आउछ ?
-> आईपीओ जारी गर्ने कम्पनीले नेप्सेमा लिस्टिन्ङ्ग गरेको ३ दिन भित्र आउछ।

डिम्यात र मेरो सेयर फरक फरक हो कि एउटा हो ? दुबै नविकरण गर्नु पर्छ ?
फरक फरक हो। दुबै वार्षिक नविकरण गर्नु पर्छ ।

बिदेशबाट डिम्याट अकाउन्ट बनाएर सेयर किन्न मिल्छ कि मिल्दैन ?
आफै नेपालमा गएर आफ्नो डिम्याट खाता खोल्नुपर्छ अनि अरु प्रकृया पनि पूरा गर्नुपर्ने हुन्छ। सिधै विदेशबाट नै असम्भव छ अहिले । आज २०७७ साल श्रावनमा यो पोस्ट गर्दा सम्म मिल्दैन पछी नियम परिवर्तन भए भन्न सकिन्न ।

अरु कसैले तपाईंको नामबाट आईपीओ भरेको रहेछ भने त्यो को मान्छे हो कसरी पत्ता लगाउने ?
तपाईं CDSC पुतलिसडकमा जानुपर्छ अनि आफ्नो नामबाट अरु कसैले शेयर भरेको भनी निवेदन दिई त्यो को हो भनी खोज्न लगाउनुपर्छ, अनि पत्ता लाग्छ।