stock-market-risk-and-opportunities

आइपिओ (IPO) भनेको के हो, किन आवश्यक छ र यसबाट हामीलाई के फाइद हुन्छ ?

जब कुनै पब्लिक कम्पनीले पुँजी संकलनको लागि प्रथमपटक निश्कासन गरेको सेयरलाई आइपिओ (IPO-Initial Public Offering) भनिन्छ। कम्पनीले स्वामित्व सेयरको रुपमा सर्वसाधारणलाई बितरन गरेर पूँजी संकलन गर्दछ । कम्पनीले सेयर जारी गर्न का लागि नियमहरु पूरा गर्दै सर्वसाधारण जनतामा सेयर बेच्नको प्रस्ताव ल्याउनु पर्छ। आइपिओ मार्फत हामी सिधै कम्पनीबाट सेयर खरीद गर्नका लागि आवेदन दिन्छौं । आवेदन स्वीकृत भएपछि हाम्रो डेम्याट खातामा सेयर जम्मा हुन्छ।

Nepali typing

किन आइपीओ (IPO) आवश्यक छ ?
जब कुनै कम्पनीलाई ठूलो मात्रामा आफ्नो व्यवसाय बढाउन पूँजी चाहिन्छ, तब कम्पनीले पूँजी प्राप्त गर्न विभिन्न स्रोतहरू हुन सक्दछ, जस्तै बैंक ऋण, कम्पनीको आन्तरिक स्रोतहरू, बन्ड वा डिबेंचर, आईपीओ आदी। पूंजी आवश्यकता पूरा गर्न कम्पनीसँग धेरै स्रोतहरू हुनछ्न् तर आईपीओ बाहेक अरु स्रोतहरूबाट पूंजी संकलन गर्दा कम्पनीमा ऋणको भार पर्दछ, जुन नियमित रुपा निस्चित ब्याज तिर्नु पर्ने हुन्छ र समयमा ऋण फिर्ता गर्न दबाब पनि हुन्छ। जबकि आईपिओ मा कम्पनीले कुनै ब्याज तिर्नु पर्दैन, न त सेयरबाट उठेको रकम फिर्ता गर्नु पर्छ। यसबाट कम्पनी र सर्वसाधारण दुबैलाई फाइद हुन्छ।

आईपीओबाट कम्पनी र सर्वसाधारणलाई के फाइद हुन्छ ?
आईपीओबाट कम्पनीलाई सबैभन्दा ठूलो फाइदा भनेको कम्पनीले आफ्नो आवश्यकता अनुसार प्राथमिक बजारबाट पूँजी प्राप्त गर्दछ। कम्पनीले कुनै ब्याज तिर्नुपर्दैन र नाफा भए देखी मात्र बोनस दिए पुग्छ ।
सर्वसाधारणलाई तब फाइद हुन्छ जब त्यस कम्पनी नाफामा गएमा सेयरको मूल्य बढ्छ र बदी मुल्यमा सेयर अरुलाई बेच्न पनि सक्दछ। त्यो बाहेक कम्पनीले दिने लाभांश हो।

लगानिको जोखिम
लगानी गरे पछी जोखिम त हुन्छ नै तर दोस्रो बजारको तुलनामा प्राथमिक बाजारमा जोखिम कम हुन्छ। यसमा नयाँ लगनिकर्ताहरुले पनि लगानी गर्न सक्दछ्न तर खराब कम्पनीको आइपीओ आउदा नबुझेर धेरै लगानी एकै चोटी गर्‍यो भने चै यसमा पनि जोखिम हुन्छ। बुझेर लगानी गर्दा जोखिम कम गर्न सकिन्छ। तपाईं नयाँ लगानिकर्ता हुनुहुन्छ भने आफुले राम्रोसँग नजाने सम्म थोरै थोरै गरी लगानी गर्दा राम्रो हुन्छ। राम्रो कम्पनीको सेयरले धेरै लाभांश दिन्छ तर कम्जोर आर्थिक अवस्था अथवा कमजोर ब्यवस्थापन भएको कम्पनीको सेयर लिनु भन्दा बैंकमा राख्दा अधिक नाफा हुन्छ ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks