eyes

आँखासम्बन्धी समस्याबाट बच्न यसो गर्नुस्

आँखा हाम्रो निकै संवेदनशील अंग हो । आँखामा हुने सानो समस्याले पनि हामीलाई ठूलो समस्या पर्छ । बढ्दो वायु प्रदूषण, धुलो, धुँवाका कारण आँखामा विभिन्न समस्या देखिन्छन् । गर्मी, घाम, धुलो, धुँवाका कारण एलर्जी, आँखा पाक्ने रोगजस्ता समस्या लिएर बिरामीहरू अस्पताल पुग्ने गरेका छन् । आँखा पाक्ने रोग जुनसुकै समयमा पनि हुन सक्छ । धुवाँ, धुलो बढी हुने समयामा आँखा पाक्ने रोग लाग्ने सम्भावना बढी हुने गर्दछ । धुलोमा भाइरस र ब्याक्टेरिया धरै हुने हुँदा भाइरस र व्याक्टेरियाले आँखामा संक्रमण गर्छ र आँखा पाक्ने हुन्छ । पानीका माध्यमबाट भाइरस तथा ब्याक्टेरियाको संक्रमण जताततै बढ्ने सम्भावना रहेकाले यो समयमा बढी सतर्कता अपनाउनुपर्छ ।

Nepali typing

धुलो, धुवाँ, गर्मीका कारण आँखा पाक्ने रोग देखा पर्दछ । एक्कासि आँखा रातो हुने, आँखाको डिल सुन्निने, चिलाउने र चिप्रा लाग्ने भयो भने आँखा पाक्न सक्छ । साथै, आँखामा एलर्जी पनि हुन सक्छ ।

आँखामा हुने रोगमध्ये कतिपय सरुवा रोग पनि हुन सक्छन् । आँखा पाक्ने रोग सरुवा रोग पनि हो । त्यसैले एकजनाको आँखा पाक्न थाल्यो भने परिवारमा फैलिने सम्भावना अत्यधिक हुन्छ । त्यसकारण आँखा पाक्ने रोगीले विशेष सतर्कता अपनाउनुपर्छ ।

आँखा पाक्ने रोग लागेका मानिसले सकेसम्म टाढै बस्नुपर्छ । संक्रमित व्यक्तिको नजिकै बस्दा हावाका माध्यमबाट कीटाणुहरू सर्न सक्छन् । त्यसैले संक्रमित व्यक्तिले चस्मा प्रयोग गर्नुपर्छ ।

आँखा पाकेका रोगीले प्रयोग गरेको रुमाल अरूले प्रयोग गर्नु हुँदैन ।

आँखा सफा राख्न कम्तीमा तीनपटक सफा पानीले पखाल्नुपर्छ । जसले गर्दा आँखामा भएको स–साना कीटाणुहरू पानीले पखालेर निकाल्छ ।
enayapatrika

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks