वासिंटन – अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नी प्रेमिकालाई लेखेको केही पत्र सार्वजनिक गरिएको छ । यी पत्र कुल ३० पृष्ठ लामो बताइएको छ ।
कलेज जीवनमा उनले अलेक्जेन्ड्रा म्याकनियर नाम गरेकी युवतीसँग प्रेम गरेका थिए । ओबामाले प्रेमको सुरुवाती समयमा अलेक्जेन्ड्रालाई लेखेको पत्र हालै सार्वजनिक भएको हो ।
आफ्नो उमेरको तेस्रो दशकमा ओमाबाले उक्त पत्र लेखेको बताइन्छ । सन् १९८२ देखि १९८४ का बीचमा लेखिएको यो पत्रमा ओबामाले आफ्नो भावना प्रकट गरेका छन् । पत्रमा उनको जीवनको प्रारम्भिक संघर्ष प्रष्ट देखिन्छ ।
ओबामाले पत्रमा लेखेका छन्, ‘मलाई विश्वास छ, म तिमीलाई कति सम्झन्छु भन्ने तिमी जान्दछ्यौ, म हावाजस्तै हरेक पल तिम्रो आसपास छु, म तिमीलाई सागरको गहिराईजस्तै भरोसा गर्दछु, हाम्रो प्रेम असीमित छ ।’
पत्रमा उनले लेखेका छन्, ‘मैले तिम्रोबारेमा धेरै पटक सोचेँ, म आफ्नो प्रेम र भावनालाई लिएर चिन्तित छु ।’
ekhabaronline
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks