stock market

अमेरिका र नेपालका मनिसहरुको सोच ठिक उल्टो

अमेरिका र नेपालका मनिसहरुको सोच ठिक उल्टो छ । हेर्नुस निम्न कुराहरु फरक छ ।

Nepali typing
  • अमेरिकन दुध चिसो पिउछन पानी आइस राखेर पिउछन । हामी दुध तताएर पानी उमालेर पिउछौ ।
  • अमेरिकन पहिले घर किनेर त्यसैमा बसि क्रेडिटमा किनेको घरको पैसा जिन्दगीभर तिर्दै जान्छन । नेपाली जिन्दगीभर भाडामा बसि बचाएको कमाएको पैसाले बुढेसकालमा घर किनेर, बनाएर मर्छौ ।
  • अमेरिकनहरु भोली भोकै हुन किन नपरोस आज टन्न खान्छन । हामी नेपालीको संस्कार भोली भोकै हुनुपर्ला भन्ने चिन्ताले आज भोकै बस्छौ ।
  • अमेरिकन महिला बच्चा अगाडी भागमा छातीमा टासेर बोक्छन हामी पछाडी पिठ्यूमा बोक्छौ ।
  • अमेरिकन खुल्ला ठाउमा खाना खान्छन अनि गोप्य ठाउमा दिशा गर्छन । नेपाली गोप्य भान्साकोठामा खाना खान्छौ अनि खुल्ला चौर, बनपाखामा दिशा गर्छौ । तर पछिल्लो समय भने नेपालीको बनीमा सुधारन्मोख छ ।
  • अमेरिकन प्रचलन घर, ब्यावसायिक स्टोर, रेष्टुरेन्ट, कार्यलय बेलुका सफा गर्छन हाम्रोमा बिहान सफा गर्ने प्रचलन छ ।
  • अमेरिकन धेरै धनी भए सुख शान्ती खोज्न गाउ वा एकान्त तिर पस्छन । हामी कहा धेरै धनी भए सुख शान्ति खोज्न शहर भिडभाड तिर जान्छन ।
  • अमेरिकनहरु अलि बढि पैसा बचत भए दिमाग फ्रेस बनाउन मनोरञ्जनमा खर्च गर्छन । हामी नेपाली केही बढि पैसा बचत गर्छौ ।
  • अमेरिकन महिला बिबाहको दिन नया ठाउ नया मान्छे नया परिवेसको अनुभव गर्न जादैछु भनी खुसी हुन्छन । हामीकहा बेहुली बिबाहको दिन माइती, बाबुआमा छाडेर पराइसग जादैछु ठान्दै रुन्छन ।
  • अमेरिकन गरिवहरु मोटा हुन्छन अनि धनीहरु स्लीम हुन्छन । हाम्रोमा गरिवहरु पातला हुन्छन र धनी मोटा हुन्छन ।
  • अमेरिकन प्याकेटको खाना मन पराउछन । हामी आफैले बनाएको मात्र खाना खान मन पराउछौ ।
  • अमेरिकन मिति लेख्दा पहिले महिना अनि गते र साल लेख्छन । हामी पहिले साल महिना र गते लेख्छौ ।
  • अमेरिकन महिला घुडा साप्रा देखाएर छोटो लुगा लगाउछन तर पुरुषले घुडा देखाएको त्यती राम्रो मानिदैन । नेपालमा पुरुष घुडा देखाएर छोटो कट्टु लगाउछन महिलाले घुडा देखाएको राम्रो मानिदैन ।
  • अमेरिकन जोडी जो बिबाह गरेर धेरै वर्ष सगै बसेका हुन्छन उनीहरुलाई देखेर अरु मान्छे अचम्मित हुन्छन । नेपालमा बिबाह गरेर छिट्टै अलग्गिएका जोडी प्रति अचम्मित हुन्छन ।
  • अमेरिकामा कमाइको हिसावमा खानेकुराको तुलनामा बसाइ बस्ने ठाउ होटल, एपाटमेन्ट, घर,कोठा महड.गो हुन्छ । नेपालमा बस्ने सस्तो होला खानेकुरा धेरै महड.गो हुन्छ ।
  • अमेरिकामा प्राय पुरुष महिला देखी डराउछन । नेपालमा महिला पुरुष देखी डराउछन र घरब्यावहार पुरुष नै सम्हाल्छन ।
  • अमेरिकन नचिनेको मान्छे होस वा रिस उठेका मान्छे नै किन नहोस फिसिक्क हासेर बोल्छन । हामीकहा नचिनेको वा रिस उठेकोसग उ हिडेको बाटो समेत हिड्दैनन ।
  • अमेरिकन टिनएजर काटेपछी पनि कुनै केटा साथी वा केटी साथी छैन भने अभिभावक उस्को कुनै शार-रिक कमजोरी त छैन भनि सजग हुन थाल्छन । नेपालमा टिनेजर काटेपछी कुनै केटा साथी वा केटी साथी त छैन भनि अभिभावक नै शंकाले सजग भैरहन्छन ।
  • अमेरिकन सुन्दर युवतीलाई नचिनेको मान्छेले पनि वाह! कति से-क्सी होस भनेमा थ्याङ्ग.क्यू भनि मुस्कुराउछन । हामीकहा अन्जान सुन्दरीलाई कति सुन्दर रहिछौं भनेमा मात्र पनि चप्पल उठाएर बजाइदिन्छन ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks