अनौठो स्किम, जग्गा किन्दा गाई उपहार !

एजेन्सी । अहिलेसम्म तपाईले घर किन्दा कार उपहार, ठूलो सामान किन्दा सानो सामान उपहारका रुपमा पाएको कुरा सुन्नु, भोग्नु भएको होला । तर भारतको एक रियल एस्टेट कंपनीले एउटा प्लट किन्दा गाई नै उपहार दिने योजना सार्वजनिक गरेको छ । भारतको हैदराबाद स्थित होली टाउन यादगिरीगुट्टामा साढे ३ लाख रुपैयाँमा ४ सय स्क्वायर फिटको प्लट किने ७० हजार मूल्य बराबरको (एफएच नस्ल) गाई सित्तैमा पाइने भारतीय मिडियाले उल्लेख गरेको छ ।cow-11

कम्पनीका डाइरेक्टर एस रामकृष्णाका अनुसार जग्गा किनेका कुनै ब्यक्तिले गाईको रेखदेख गर्न नसकेको खण्डमा कम्पनीले नै उसको गाईलाई ७ वर्षसम्म लिजमा लिनेछ । त्यसको बापत ग्राहकलाई प्रत्यक महिना ३ हजार रुपैयाँ दिने कम्पनीका डाइरेक्टर एस रामकृष्णा बताउँछन् । जुन रकम सिधै ग्राहकको खातामा पठाइदिे ब्यबस्था गरिएको कम्पनीले जनाएको छ ।