face

अनुहारको दाग हटाउने तरिका

गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ । के गर्मीसँगै तपाईको अनुहारमा कालो दाग आएर हैरानी दिएको छ ? विभिन्न अनुसन्धान , शोधको आधारमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको आधारमा लोकपथ डटकमले यहाँ केहि घरेलु उपायहरु प्रस्तुत गरेको छ, जुन तपाईको लागि उपयोगी हुनसक्छ ।

Nepali typing


हुन त कतिपयले अनुहारको कालो दाग हटाउनका लागि धेरै किसीमका क्रिम प्रयोग गरेका हुन्छन् । तर होसीयार ! त्यसरी विज्ञापनको आधारमा क्रिम छनौट गर्दा तपाईको छालालाई सुहाउँदो नहुन सक्छ । त्यतिमात्रै होईन कहिलेकाहिँ छाला बिगार्न र थप क्षति पुर्‍याउन सक्छ । त्यसैले वैज्ञानिकहरूले सुझाव दिएका छन्- सकेसम्म प्रोसेस्ड फूड अभोईड गर्नुहोस् । बरु यसको ठाउँमा हरिया पहेँला ताजा फलफूल, सागपात तरकारी दुधदशी मोही सुप सेवन गर्नुहोस् । साथै यहाँ केहि घरलेु विधी पनि दिइएको छ ।

  1. दहीमा लैक्टिक एसिडको मात्रा भएकाले कालो दाग भएको स्थानमा लगाउनाले दागलाई हटाउन मद्दत गर्छ । सुर्यको किरण र घामका कारण अनुहारमा पर्ने असरलाई दहीको नियमित प्रयोगले दागलाई हटाउन सकिन्छ । दहिलाई कचौरामा राखि औलाको सहाराले मथ्नुहोस् र अनुहारमा लगाएर २० मिनेटमा सफा गर्नुहोस् । यो प्रक्रिया हप्ताको १ वा २ पटक गर्नुहोस् ।
    2.बेसारमा काँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पखाल्नुपर्छ । यसको पेस्ट लगाएपछि चर्को घाममा नबस्नुहोस् ।
  2. दुई चम्चा जौ को पिठोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा नियमित लगाउने गर्नुहोस्।
  3. काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्दा पनि धेरै फाईदा हुन्छ ।
  4. भान्सामा भइरहने बहुगुणी कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्दापनि अनुहारमा चमक बढी कालो दागहरु क्रमिक रुपमा हट्दै जान्छ ।
  5. चन्दन परापूर्व कालदेखि औषधीको रुपमा प्रयोग हुँदै आएको हामीले शास्त्रमा समेत पढेका छौँ । यसले छालालाई एन्टीसेप्टिक औषधिय गुण प्रदान गर्छ । कालो दाग रहेको स्थानमा चन्दनको पाउडरमा गुलाब जल र कागती रस मिसाएर पेस्ट बनाएर लगाउने गर्नाले पनि निकै फाइद हुन्छ ।
  6. घ्यूकुमारी /एलोभेरामा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पुर्याउँछ। तर यो लगाएर चर्को घाममा नबस्नुहोस् ।
  7. बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन्।
  8. हरेकको घरमा पाईने तरकारीमध्ये एक हो, आलु । आलुले छालालाई निकै फाईदा गर्छ । यसलाई स्लाइस पारी काट्ने। यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ। अथवा आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ।
  9. बेसारमा काँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पखाल्नुपर्छ।
  10. पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ।
  11. सुन्तलाको बोक्रा घाममा सुकाएर मिक्स्चरमा पिँधी त्यसको लेप लगाउँदा पनि फाईदा पुग्छ ।
  12. प्याजको रसले कटनको टुक्रा भिजाई दाग भएको ठाउँमा दल्ने र केही समयपछि धुने गर्नुपर्छ। साथै, एक चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ।
  13. भुइँकटहरको जुसमा कपास डुबाई अनुहारमा दल्ने र २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ।
  14. ओखरलाई कुटेर त्यसमा दही र केही थोपा बदामको तेल हाल्नुहोस् । यसलाई अनुहारमा लगाउनुहोस्। यसले छालामा चमक ल्याउँछ।
  15. तपाईंको छाला एकदमै तैलीय छ भने अन्डा र गहुँको पिठोको प्याक लगाउनुहोस्। यसले छालाको तेललाई नियन्त्रण गर्छ।
  16. हरेक रात सुत्नुअघि अनुहारमा जैतुनको तेल लगाउनुस्। यसले अनुहारलाई नरम बनाउँछ। यसले छालामा जमेको कालो दाग कम गर्छ।
  17. केरा, मौसम, अन्डाको प्याकले अनुहारमा भएका दागहरू हटाउन मद्दत गर्छ।
  18. अण्डाको सेतो भागमा मह मिसाएर पेस्ट बनाउने र ब्रसले उक्त पेस्ट दुई तीनपटक लगाएपछि २० मिनेटपछि धुने । यो प्रक्रिया हप्तैपिच्छे गर्दा छालामा सुन्दरता बढ्दै जान्छ ।
  19. गोलभेँडा, कागती र अन्डाको प्याक लगाउनाले डन्डीफोर, कालो धब्बा हट्नुका साथै छालामा चमक पनि आउँछ।
  20. घामले डढेर कालो भएको छालामा काँचो दूधले मसाज गर्दा फाइदा हुन्छ।
  21. ब्राउन सुगर खैरो चिनी, कागती र नरिवलको तेल मिसाई मसाज गर्नाले सनबर्नको असर कम गर्न सकिन्छ।
  22. काँक्रोको पेस्ट, मुल्तानी मिट्टी र रोज वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक आउँछ।
  23. एक चम्चा नुनमा आधा चम्चा खाने सोडा र एक चम्चा मह राखेर घोल्ने र त्यसले अनुहारमा मसाज गर्ने यसबाट पनि अनुहारको छालामा चमक आउँछ।

source: lokpath.com/story/252457

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks