make money online

अनलाइनमार्फत पैसा कमाउने पाँच तरिका

यदि तपाईंसँग कम्प्यूटर र इन्टरनेट पनि छ भने, तपाईं अनलाइनको माध्यमबाट घरमै बसीबसी हजारौं रुपैयाँ कमाइ गर्न सक्नुहुन्छ । घरमै बसेर इन्टरनेटको माध्यबाट गर्ने केही यस्ता काम छन्, जसबाट तपाईंले एक घण्टाको १ हजारसम्म कमाई गर्न सक्नुहुन्छ । हामी तपाईंलाई यस्ता ५ वेबसाईटको बारेमा जानकारी दिँदैछौं,
१. भर्चुअल कल सेन्टर एजेन्ट
तपाईं आफ्नै घरमा बसेर कल सेन्टर एजेन्टको रुपमा काम गर्न सक्नुहुन्छ http://www.liveops.com ले तपाईंलाई यो सुविधा प्रदान गर्नेछ । यस वेबसाईटमा गएर तपाईं कम्पनीको एजेन्ट बन्न सक्नुहुन्छ । कम्पनीको एजेन्ट बनेर तपाईंले अनलाईन उत्पादनहरु बेच्नु पर्ने हुन्छ । साथै त्यसको रिभ्यू र कम्पनीलाई फिडब्याक दिएर पनि तपाईंले कमाइ गर्न सक्नुहुन्छ
२. स्वागबक्स डटकम 
http://www.swagbucks.com एक प्रसिई वेबसाईट हो, जसमा फ्रीमा रजिस्टर गरेर तपाईं कमाई सुरु गर्न सक्नुहुन्छ । आफ्नो फेसबुक अकाउण्टको मद्दतले पनि जोडिन सकिन्छ । तपाईंले यस वेबसाईटमा केही समय बिताउनु पर्ने हुन्छ । तपाईंलाई केही पोइन्ट दिन्छ । यस पोइन्टलाई तपाईंले सपिङमा प्रयोग गर्न सक्नुहुन्छ । साथै पैसामै रुपान्तरण गरेर लिने छुट पनि तपाईंलाई मिल्नेछ ।
३. वर्क फर्म होम (Work from home)
कैयन ठूला कम्पनीहरुले वर्क फर्म होमको सुविधा दिँदै आएका छन् । यसमा ट्रान्सलेसन वर्कदेखि लिएर रिभ्यूसम्मको काम पाईन्छ । http://www.odesk.com तथा https://www.elance.com यी  वेबसाईट कमाईको हिसाबले संसारमै सबैभन्दा चर्चित छन् । यी दुबै साईटमा सुरुमा तपाईंको टेष्ट लिइन्छ । तपाईंले आफूलाई कम्पनीको लागि उपयोगी सावित गर्न सक्नुभयो भने अवसर पाउनु हुन्छ । एक पटक रजिस्टर भएपछि कम्पनीले अलग-अलग कामका लागि मेम्बरहरुलाई कन्ट्रयाक्ट वा फ्रिल्यान्सरको रुपमा हायर गर्छ । काम पूरा भएपछि प्रतिघण्टा वा अन्य तरिकाबाट पैसा दिइन्छ । यस्ता सेवा दिने साइटहरु अरु पनि छन् ।
४. सेल्फ पब्लिश बुक (Self publish book)
यदि तपाईंलाई लेखनसँग प्रेम छ भने, तपाईंले अनलाइनका लागि लेखेरै पैसा कमाउन सक्नुहुन्छ । कैयन साइटहरुले तपाईंलाई अनलाइन बुक लेख्न लगाएर त्यसलाई पब्लिश गरी बिक्री बापत रोयल्टी प्रदान गर्छ । यस्तै साईट मध्यै संसारकै सबैभन्दा चर्चित साईट अमेजन हो । अमेजनले किंडल डाइरेक्टर पब्लिसिङको नामबाट यो फिचर चलाउँछ । जो कसैले बुक लेखेर त्यसलाई किंडल बुकस्टोरमा राख्न सक्छ । यसको बिक्रीमा लेखकलाई ७० प्रतिशतसम्म रोयल्टी प्रदान गरिन्छ । अमेजन र यसको सेल्फ पब्लिश बुकबारे अधिक जानकारीका लागि तपाईंले https://kdp.amazon.com भिजिट गर्न सक्नुहुन्छ । यसमा तपाईं आफ्नो अकाउन्ट बनाएर रेगुलर मेम्बर पनि बन्न सक्नुहुन्छ ।
५. पेड रिभ्यू (Paid review)
यदि लेखनमा तपाईं विशेष क्षमता छ भने तपाईंका लागि यो निकै उपयोगी हुन्छ । सफ्टवेर र अन्य उत्पादनहरुको रिभ्यू लेख्ने काम यहाँ हुन्छ ।   यसका अलावा इन्फोलिंक पनि एक माध्यम हो । यसका लागि वेबसाईटहरुले तपाईंलाई पेड रिभ्यूको काम दिन्छ । जसमा भिंडेल रिसर्च (Vindale Research) तथा एक्सपो टिभी डटकम (ExpoTv.com) प्रमुख हुन् । यी वेबसाईटहरुले काम गरेबापत निकै राम्रो पैसा दिन्छन् ।
newsabhiyan
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks