Surprise

अचम्मको संसारका यी अनौठा कुराहरु

भारतको उत्तर–पूर्वमा ५ सय वर्ष पुरानो पुल छ जुन रुखको जराले बनेको छ । जमिनभन्दा निकै उचाइमा रहेको यो रुखमुन्तिर नदी र नाला बग्दछन् । मनसुनको समयमा पानीको स्तर यो पुलसम्म आइपुग्छ तर यो कहिले पनि चुडिँदैन । किनभने हरेक मनसुनपछि उक्त रुखको जरा अझै बलियो हुन्छ ।

मानिसहरुलाई वारपार गर्नका लागि यो प्रकृतिनिर्मित पुलले निकै सहयोग गरेको छ ।

Nepali typing

घटना चीनको हो । हात्तीको एक छावा लगातार ५ घण्टासम्म रोइरह्यो । जब ‘सेन्डियाओसान वाइल्ड एनिमल नेचर रिजर्भ’ मा छावा जन्मियो तब कुनै कारणवश यसको आमाले यसलाई अस्विकार गर्यो । छावालाई आमाले लात्ताले हानेर पछार्यो । चिडियाखानाका कर्मचारीले सुरुमा त यो अन्जानवश भएको ठाने र छावालाई आमाको छेउमै लगे । तर दोस्रोपटक पनि हात्तीले छावालाई आक्रमण गर्यो जसका कारण चिडियाखानाका कर्मचारीले छावालाई आमाबाट अलग्गाएर राखे ।

‘त्यसपछि छावा निकै उदास भयो र लगातार पाँच घण्टासम्म रोइरह्यो,’ चिडियाखानाका एक कर्मचारीले बताए । ‘छावा आफ्नी आमासँग अलग्गिन नचाहेको तर आमाले भने उसलाई मार्न चाहेको थियो ।’

चिडियाखानाका कर्मचारीले छावा रुन लागेपछि उनलाई ओढ्ने ओढाइदिए । छावा पूरा ५ घण्टासम्म रोइरह्यो । पाँच घण्टापछि छावालाई सुई दिएर केही घण्टाको लागि सुताउनु परेको थियो ।

3Capture

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks