शंकरप्रसाद नेपाल
राप्ती अञ्चलका पा“च जिल्लामध्ये सबैभन्दा सुगम जिल्ला दाङ नै हो । त्यसमा पनि देशभरका उपत्यकाहरुमध्ये सबैभन्दा ठूलो उपत्यका पनि यही नै हो । यस जिल्लालाई खेतीको हिसाबले हेर्दा अति नै उत्पादनशील भूमि मानिन्छ । त्यसैले होला यस जिल्लालाई अन्नबालीको भण्डार भन्ने गरेको । यस जिल्लामा अन्नबालीकाृे साथसाथै तरकारी, फलफूल पनि प्रशस्तै हुने गर्दछ । तर दुःखका साथ भन्नुपर्दछ कि सबैजसो खेतीयोग्य जमिनमा सिंचाईको सुविधा छैन । त्यसैले गर्दा यो जिल्ला खेतीको लागि उपयुक्त क्षेत्र मानिदा मानिदै पनि यहॉ थुप्रै समस्याहरु देखापरेका छन् । ती समस्याहरुमध्येमा प्रमुख समस्या भनेकै सिंचाई नै हो । यदि सिंचाईको सुविधा प्रशस्तै पुग्न सकेमा यस जिल्लालाई अन्नको भण्डार भन्न हिच्किचाउनु पर्दैन । यहॉको खेती गर्ने तरीका मिश्रित प्रकारको भए पनि यहॉको मुख्य बाली धान नै हो । आजकाल धेरै मानिसहरु यसबाहेक विभिन्न प्रकारका तरकारी र फलफूलतर्फ पनि व्यावसायिक रुपमा अग्रसर हुदै गइरहेका छन् । केही वर्ष अघिसम्म यस जिल्ला मा तरकारी फलफूलहरु बाहिरी जिल्लाबाट आउने गर्दथ्यो भने आजकाल यही नै प्रशस्तमात्रामा तरकारी, फलफूल पाउन थालिएको छ । व्यावसायिकरुपमा लगाइएका फलफूलहरुमा ऑप, लिची, केरा, अम्बा आदि छन् तर अंगुरको खेती भने व्यावसायिकरुपमा हुन सकेको छैन । आङ्खनो घर खर्चको लागि मात्रै फाटफुटरुपमा लगाइने गरेको देखिन्छ । अंगुरको राम्रोस‘ग खेती गर्ने हो भने अन्य फलफूलमा भन्दा यसबाट बढी नै आम्दानी लिन सकिन्छ, किनभने अन्य फलफूल भन्दा मिठो, पोषिलो र महंगो हुने हुन्छ । यसैले गर्दा पनि आजकाल यसको खेतीतर्फ सुस्तै भए पनि मानिसहरु आकर्षित हु‘दै गइरहेका छन् ।
अंगुर ज्यादै नै मिठो र पोषिलो फल हो । यसमा भिटामिन, ग्लुकोज, खनिज तत्वजस्ता पौष्टिक तत्वहरु भरिपूर्ण हुन्छ । यो ताजै खान र सुकाएर किसमिस बनाइ खाने पनि गरिन्छ । यदि हामीहरुले दैनिकरुपमा ताजा अंगुर नभए पनि किसमिस मात्रै केही मात्रामा खाने गरेमा प्रशस्त शक्ति दिने गर्दछ । तसर्थ यसका २÷४ बोट भए पनि लगाउनु जरुरी देखिन्छ ।
यसको खेती सबै खाले माटोमा गर्न सकिन्छ । तर दोमट खालको माटो भएमा धेरै राम्रो मानिन्छ । यो पतझड् वर्गमा पर्ने फल भएको हु“दा पात झरेको अवस्थामा र्नै यसको कटिङ्ग गरी रोप्ने कार्य गरिन्छ ।
अंगुरका जातहरुः यसका धेरै किसिमका जातहरु भए पनि केही जातको मात्र जानकारी गराइएको छ । यी मध्ये कुनै पनि जात छनोट गरी लगाउन सकिन्छ ।
परेलेट ः यो जात ज्यादै नै मिठो, बिया“ नभएको, छिट्टै पाक्ने, सेतो खालको जात हो ।
हिमरोडः यो जात पनि परलेट जस्तै मिठो, बिया“ नभएको छिट्टै पाक्ने जात हो ।
ब्यूटी सिडलेसः यो जात कालो, बोक्रा पातलो, बिया“ नभएको जात हो ।
क्याहो ः यो जात भने हल्का रातो, कालो बिया“ हुने, ठूलो खालको, ढिलो पाक्ने र वर्षा सहन सक्ने जात हो ।
यी जातका अंगुरको खेती बा“के, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा राम्रोस‘ग हुने गरेको पाइएको छ ।
लगाउने समय ः पतझड खालको बेर्ना हुने भएको हु“दा यसको मुख्य लगाउने समय पुसदेखि माघसम्म राम्रो मानिन्छ । तसर्थ यी महिनाभित्रै बेर्नाहरु लगाउनु पर्दछ ।
लगाउने तरीका ः यसको बेर्ना लगाउनको लागि लाइनदेखि लाइनको दूरी तीन मिटर र बोटदेखि बोटको दूरी पनि तीन मिटरको फरक पारी तीन फिटको गहिरो खाडल खन्नुपर्दछ । खाडल खन्दा माथिको माटो र तलको माटोलाई छुट्टाछुट्र्टै राखी प्रतिखाडल दश केजी गोबर मलका दरले उक्त माटोमा मिलाई माथिको माटोलाई तल (पिंधमा) र तलको माटोलाई माथि पर्ने गरी खाडल भर्नु पर्दछ । त्यसपछि बीच सेन्टरमा पर्ने गरी बेर्ना रोप्नुपर्ने हुन्छ ।
कस्तो बेर्ना रोप्ने ः अंगुरको बेर्ना कटिङ्गबाट नै हुने गर्दछ । बेर्ना तयार गर्दा अंगुरका लहराबाट कटिङ्ग गरी बेर्ना तयार गरिन्छ । बेर्ना खरीद गर्दा सकेसम्म राम्रो जरा आएको, धेरै पालुवा नआएको
(नपलाएको), केवल टुसा निस्कने जस्तो खालका बेर्ना खरीद गर्नुपर्दछ । यदि आफैले अंगुरको कटिङ्ग गरी बेर्ना तयार गर्ने हो भने मंसिर महिनामा नै अंगुरको लहराबाट ३÷४ आ“खा रहने गरी एक बित्ताका टुक्रा (कटिङ्ग) पारी बालुवासहितको खादमा उक्त कटिङहरुलाई पुरेर राख्ने र पछि तिनै कटिङलाई नर्सरी व्याड बनाई व्याडमा रोप्ने गर्नुपर्दछ । जब व्याडका कटिङहरुले जरा हाल्न थाल्छन् त्यसपछि मात्रै जरा भएका बेर्नालाई उखेली रोप्न तयार पारेको खाडलमा रोप्नुपर्दछ । बेर्ना रोपेपछि बेर्नाहरुले लहरा हाल्न थाल्छन्, त्यसबेलामा वरपरका हा“गा निस्केकालाई चु‘डाई दिनुपर्दछ । किनभने अंगुरको लहरा २÷३ मिटर अग्लो हु“दासम्म सोझै जान दिनु पर्दछ । त्यसपछि मात्रै हा“गाहरु बढ्न दिनु राम्रो हुन्छ । बढी झाङ भएमा फल राम्रो दिदैन । त्यसैले बढी झाङ हुन दिनुह‘ुदैन । अंगुरको फल लाग्नुभन्दा पहिले र फल लागिसकेपछि बोटको वरिपरिबाट मल दिने र ७÷७ दिनको अन्तरमा सिंचाई दिदै गर्नुपर्दछ । अघौटे जातका अंगुरहरु जेठको अन्तिमतिर पाक्ने भएको हु“दा चराहरुबाट बचाउनु गर्नुपर्दछ । अंगुर पाकेपछि अंगुरका झुप्पालाई हातले नचु‘डाई कैंचीले काटी राम्रोस‘ग राख्नुपर्दछ, अन्यथा दानाहरु खस्ने हुन्छन् ।
अंगुर पाक्ने समय ः अंगुर पाक्ने समय ठाउ‘अुनसार र जातअनुसार हुने गर्दछ । सरदर भन्नुपर्दा रोपेको १२० देखि १३० दिनभित्र पाक्ने गर्दछ । अंगुरको फलमा गुलियो मिठास भएपछि टिप्ने गरिन्छ । अन्य फलहरु भने का“चै टिपी पकाउने गरिन्छ भने यसको फलमा यो तरीकाबाट हुन सक्दैन, पाकेपछि मात्रै टिप्ने गरिन्छ । छिट्टै टिपेका अंगुरहरु अमिलो हुनेगर्दछन् । त्यसैले समय पुगेपछि मात्र टिपाई गर्नु राम्रो हुन्छ ।
अंगुरका बोटबाट पातहरु झरेपछि बोटको का“टछा“ट गर्नुपर्ने हुन्छ । यो काम कार्तिक, मंसिरतिर गर्नुपर्दछ र त्यसबाट बेर्ना निकाल्ने भए कटिङ्ग गरी माथि बताएअनुसारको तरीका अपनाई बेर्ना तयार गर्नुपर्दछ । यदि कसैलाई यसको बेर्ना रोप्न इच्छा भएमा सम्बन्धित कार्यालयमा सम्पर्क राखी बेर्ना प्राप्त गर्न सक्नुहुन्छ ।
nayayougbodh.com
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks