के हो डिम्याट र कसरी खोल्ने डिम्याट खाता ? | What is demat and how to open demat account?

डिम्याट भनेको भौतिकरुपमा भएका सेयर प्रमाणपत्रलाई अभौतिक (digital) गर्ने प्रक्रिया हो ।
सेयरको कारोबार छिटो छरितोरुपमा गर्न विकसित मुलुकहरुमा कागजबिहीन सेयर कारोबारको बिकास भईसकेको छ । सेयरको डिम्याट गर्नका लागि केन्द्रिय निक्षेप सेवा (सिडिएसी) बाट सदस्यता लिएको निक्षेप सदस्य (डिपोजीटरी पार्टिसिपेन्ट) मार्फत खाता खोली भौतिकरुपमा रहेको सेयरलाई विद्युतीयकरण गर्न सकिन्छ । अहिलेको नियम अनुसार साधारण सेयरको (IPO) आवेदनका लागि समेत डिम्याट खाता अनिवार्य भएको छ ।

डिम्याट खाता साधारण भाषामा बुज्नु पर्दा हामी बैंकको उदारण लिना सक्छौ जस्तै बैंक खातामा पैसा जम्मा हुन्छ भने डिम्याट खातामा सेयर जम्मा हुन्छ ।

डिम्याट खाता कसरी खोल्ने ?

डिम्याट खाता खोल्नका लागि सामान्यतः बैंकमा खाता खोल्दाकै प्रक्रियामा जानुपर्छ । फोटो र नागरिकता चाहिन्छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सिडिएससीको सदस्यता लिएको बैंक वित्तीय संस्था, मर्चेन्ट बैंकर वा दलाल कम्पनीले निश्चीत मापदण्ड पुरा गरी निक्षेप सदस्यको काम गर्ने संस्थाले हितग्राही खाता (डिम्याट अकाउन्ट) खोलिदिन्छ । डिम्याट खोलेपछि आफूसँग भएको वा खरिद गरेको सेयर सोहि खातामा जम्म हुन्छ । खाता खोलेपछि आफ्नो खातानम्बर तथा चेक बुक पाइन्छ । सेयर कारोबार गर्दाको समयमा डिम्याट अकाउन्ट दलाल कम्पनीलाई दिनु पर्ने हुन्छ । सोही अनुसार खातामा सेयर जम्मा हुन्छ भने बिक्री गर्दा चेक काटेर दिएपछि सेयर खातावाट खरिदवालाको खातामा ट्रान्स्फर हुन्छ । बिनाझण्झट तुरुन्तै नामसारी समेत गर्न सकिन्छ । यो सिस्टम सुरु हुनुअघि सेयरको नामसारीका लागि महिनौ कुर्नुपर्थ्यो । साथै सेयर नामसारीमा पठाउने भए छुट्टै खर्च समेत लाग्थ्यो । तर, कागजबिहीन सेयर कारोबार प्रणालीमा त्यो झन्झटको पनि अन्त्य भएको छ ।