इन्टरनेटको आविष्कार कसरी भयो ? | How the Internet was invented?

इन्टरनेट अन्तरसम्बन्धित कम्प्यूटर र उपकरणहरूको विश्वव्यापी नेटवर्क हो। इन्टरनेट भन्नाले विश्वभर छरिएर रहेका सानो सानो समूहहरुको सञ्जाल हो। यो कुनै व्यक्ति वा संस्थाको योजना बमोजिम शुरुवात भएको होईन। इन्टरनेट विकेन्द्रीकृत छ, यसको मतलब त्यहाँ कुनै पनि केन्द्रीय प्राधिकरण छैन यसलाई नियन्त्रण गर्ने अनि यो कुनै एक व्यक्तीको नियन्त्रणमा पनि छैन। कुनै एक ठाउँमा स्वित्च अफ switch off गर्दैमा यो बन्द हुने वाला छैन। यसको मालिक कुनै एक व्यक्ती वा संस्था पनि होईन । यसले जानकारी आदानप्रदान गर्न TCP/IP (Transmission Control Protocol/Internet Protocol) प्रोटोकल प्रयोग गर्दछ। यो एक विशाल नेटवर्क हो जसले लाखौं कम्प्युटर र उपकरणहरूलाई विश्वव्यापी रूपमा जडान गर्न र एक अर्कासँग सञ्चार गर्न मद्दत गर्छ।

इन्टरनेटले विभिन्न काम गर्न जस्तै इमेलहरू पठाउने र प्राप्त गर्ने, वेबसाइटहरू ब्राउज गर्ने, फाइलहरू आदान-प्रदान आदी गर्न मद्दत गर्छ । वर्ल्ड वाइड वेब (WWW), प्राय: वेब भनेर चिनिन्छ, इन्टरनेटमा सबैभन्दा लोकप्रिय सेवाहरू मध्ये एक हो। यो एक आपसमा जोडिएको प्रणाली हो जुन वेब ब्राउजरहरू मार्फत पहुँच गरिन्छ। वेबले वेब पेजहरू, मल्टिमिडिया सामग्री, र हाइपरलिङ्कहरू डेलिभर गर्न इन्टरनेट पूर्वाधारको प्रयोग गर्दछ, जसले प्रयोगकर्ताहरूलाई विभिन्न वेबसाइटहरू हेर्न मद्दत गर्छ। समग्रमा, इन्टरनेट एक अत्यावश्यक उपकरण जसले विश्वव्यापी स्तरमा सूचना आदानप्रदान गर्न सहज बनाउँछ।

इन्टरनेटको इतिहास

सन् १९५० को अन्त्य तिर शीतयुद्ध चरम अवस्थामा पुगेको थियो। युद्धको दौरान अमेरिका जस्तोसुकै युद्धमा पनि भरपर्दो रुपमा काम गर्न सक्ने सञ्जाल प्रणालीको विकास गर्न लागिपरेको थियो, अर्थात् कुनै एक ठाउँ समस्या आए पनि बाँकी ठाउँमा संचार सुचारु हुने प्रबिधिको खोजीमा थियो। त्यतिबेला प्रयोग हुने सबै टेलिफोन प्रणाली केन्द्रीय स्तरमा (centralized) काम गर्ने गर्थे। टेलिफोनको केन्द्रमा बम हमला भएको खण्डमा पुरै टेलिफोन प्रणाली नै बिछेद हुने अवस्था थियो।

त्यसैले विकल्पको रुपमा अमेरिकाको दिपार्त्मेन्ट अफ डिफेन्सेले राण्ड कोरपोरेसनलाई एक सुरक्षित तथा भरपर्दो सञ्जाल प्रणालीको बिकास गर्ने जिम्मा दियो। त्यस राण्ड कोरपोरेसनका पौल बारान नामक एक इन्जिनियरले स्विचिङ प्रविधिमा आधारित एक विकेन्द्रीत सञ्जाल प्रणालीको अवधारणा अगाडि ल्याए। बारानले यस सम्बन्धी धेरै रिपोर्टहरू अमेरिकाको पेन्टागनमा पठाए र अन्ततः पेन्टागनले यस प्रकारको सञ्जाल विकास गर्ने जिम्मा अमेरिकाको त्यस बेलाको सबैभन्दा ठूलो टेलिफोन कम्पनी एटिएन्टिलाई (AT&T) दियो। तर एटिएन्टिले बारनले विकास गरेको प्रविधिलाई पत्याएन र यो काम अघी बढन सकेन।

निकै लामो समयसम्म पनि भरपर्दो सञ्जाल प्रणालीको विकास हुन नसकेपछि अमेरिकी सरकारले यस सम्बन्धी अध्ययन अनुसन्धान गर्नका निम्ति एडभान्स रिसर्छ प्रोजेक्टत्स एजेनसी (Advanced Research Projects Agency) ARPA नामक संस्थाको सुरुवात गर्‍यो। सन् १९६७ तिर ARPA का निर्देशक लेरी रोबर्त्सले पौल बारनले विकास गरेजस्तै पकेट स्वित्चिङ्मा आधारित सञ्जाल प्रणालीको अवधारणा अगाडि ल्याए। यसै प्रविधिमा आधारित ARPANET नामक सञ्जाल प्रणालीको पनि उनले निर्माण गरे। यस प्रविधिद्वारा विभिन्न स्थानमा रहेका दुई कम्प्युटरहरूलाई जोड्न सकिन्थ्यो। यसरी सूचना आदानप्रदानका निम्ति कम्प्युटरमा Interface Message Processors अर्थात् IMP नामक मिनि कम्प्युटर जोडिन्थ्यो। फरक फरक स्थानमा रहेका यी दुई IMP हरुबीच टेलिफोन लाइनको माध्यमद्वारा ५६ किलोवाइटको गतिमा सूचना आदानप्रदान हुन्थ्यो। यस ARPANET सञ्जाल प्रणालीमा सर्वप्रथम क्यालिफोर्निया विश्वविद्यालय, क्याम्ब्रिज अनुसन्धान केन्द्र, UCSB र UTAH विश्वविद्यालय जोडिए। सन् १९७० को मध्यसम्ममा MIT, BBN Harvard र Systems Development Corporation पनि यस सञ्जालमा जोडिए। आउँदा वर्षहरूमा अन्य धेरै संघ संस्था तथा विश्वविद्यालयहरू यस सञ्जालमा जोडिए।

यो इन्टरनेटको सञ्जाल अहिलेजस्तो चलाउन सजिलो पक्कै पनि थिएन। अहिले जस्तो छिटो छरितो पनि थिएन । त्यो बेला इन्टरनेटमा भिडियो हेर्ने, किनमेल गर्ने कुरा कल्पना भन्दा बहिरको कुरा थियो। त्यस बेला यसको प्रयोग सर्वसाधारण सम्म पुगिसकेको थिएन। यो सुरुवाट मात्र थियो, यसलाई व्यावसायिका रुपमा लान अझै धेरै वर्ष लाग्यो । यस ARPANET को प्रयोग केबल कम्प्युटर इन्जिनियर, वैज्ञानिकहरूले गर्ने गर्दथे र यसलाई चलाउन कम्प्युटर विज्ञले मात्र सक्थे। यसमा सर्वसाधारणलाई आकर्षिता गर्ने कुराहरु (features) पनि खासै थिएन।

इन्टरनेटको महत्वपूर्ण आविष्कार

इन्टरनेटले अनेक महत्वपूर्ण आविष्कार र सुविधाहरू प्रदान गरेको छ। यसमा केही महत्वपूर्ण आविष्कारहरू निम्नलिखित छन्:

१. ट्रान्समिशन कन्ट्रोल प्रोटोकल/इन्टरनेट प्रोटोकल (TCP/IP): TCP/IP एक सूचना आदानप्रदान गर्ने एक निश्चित प्रणाली हो जसले सूचना आदानप्रदान गर्ने काम गर्दछ। यसले डेटा प्रवाहको नियमन र इन्टरनेटमा डेटाको अदान-प्रदान गर्न सहायता गर्दछ। सन् १९७० को दशकमा Stanford विश्वविद्यालयका BOB Kahn र Vint Cerf ले TCP/IP यसको विकास गरे र सन् १९८३ सम्ममा इन्टरनेटमा जोडिएका सबैले यस प्रणालीको प्रयोग गर्न थाले। यस प्रणालीको प्रयोग गर्ने पहिलो संस्था अमेरिकाकै Defense Department थियो।

२. वर्ल्ड वाइड वेब (WWW): WWW वेबसाइटहरू, वेब पृष्ठहरू, र इन्टरनेटमा उपलब्ध जानकारीको एक विश्वसनीय नेटवर्क हो। हामीले वेब ब्राउजरहरूबाट वेबसाइटमा जान सक्छौं, जहाँ विभिन्न खबरहरू, भिडियो सामग्री, आदि राखिएका छन्।

सन् १९८० दशकको अन्त्यसम्ममा धेरै संघसंस्थाहरू पनि इन्टरनेटमा जोडिन थाले जसले गर्दा इन्टरनेटको विकास द्रुत गतिमा हुन थाल्यो। इन्टरनेटको यति विकास भइसक्दा पनि सन् १९९० को सुरुवात सम्म इन्टरनेटको प्रयोग केवल अनुसन्धानकर्ता, सरकारी क्षेत्र तथा विश्वविद्यालयहरूले मात्र गर्थे। यो चलाउन त्यती सहज थिएन अहिले जस्तै। सामान्य मानिसहरुको लागी यो प्रयोग गर्न अलि झन्जतिलो थियो। अहिले सजिलो ग्राफिक्स इन्टरफेसले गर्दा यसको प्रयोग गर्ने धेरै सजिलो छ।

इन्टरनेटको विकासका लागी अमेरिकी सरकारले लगानी गरेकाले पहिले सर्वसाधारणलाई इन्टरनेटको प्रयोग गर्ने अनुमति थिएन। तर www को सफलता पछि धेरै इन्टरनेट प्रदायक कम्पनीहरू AOL, CompuServe, Prodigy जस्ता चर्चित इन्टरनेट प्रदायक कम्पनीहरू खुले जसले सरकारी सञ्जालको भर नपर्ने गरि आफ्नै सञ्जालको विकास गरे। सन् १९९५ सम्ममा अमेरिकी सरकारले इन्टरनेट प्रयोग गर्न बन्देज लगाउने सम्पूर्ण नियमहरू खारेज गर्‍यो।

सन् १९९० मा CERN अनुसन्धान केन्द्रका वैज्ञानिक Tim Barners Lee ले विकास गरेको World Wide Web (www) ले इन्टरनेटको नयाँ ढोका खोलिदियो।

www को निर्माणले इन्टरनेटमा सूचना आदानप्रदान गर्न धेरै सजिलो भए पनि अहिले जस्तो क्लिक गर्दै इन्टरनेट चलाउन सकिने सुविधा थिएन। Browser को निर्माण Illinios स्थित National Center for Supercomputer Application का अनुसन्धानकर्ता Marc Andreessen ले गरेका हुन्। यस पहिलो Browser को नाम Mosaic थियो। पछि उनै Marc Andreessen ले Netscape Corporation को पनि सुरुवात गरे जसले निर्माण गरेको Netscape Navigator नामक इन्टरनेट Browser लोकप्रिय भयो। पछि माइक्रोसफ्टले पनि Internet Explorer नामक Browser को विकास गर्‍यो।
अहिलेको लोकप्रिय browser हरु Google chrome, Mozilla firefox, Opera धेरै पछि मात्र विकास गरिएका हुन् ।

३. इलेक्ट्रोनिक मेल (Email): सन् १९७२ मा Ray Tomlinson ले इमेलको आविष्कार गरे। इमेलको प्रयोग इन्टरनेटमा सन्देशहरू पठाउन, प्राप्त गर्न सकिन्छ। यो दैनिक जीवनमा सबैभन्दा लोकप्रिय आविष्कारहरू मध्येमा पर्दछ। यो प्रती सर्वसाधारणको आकर्षण भयो, जुन परम्परागत चिठ्ठी भन्दा निकै छिटो अनि सजिलो भयो। इमेल ठेगानामा प्रयोग हुने @ को छनौट पनि Ray Tomlinson ले गरेका हुन्।

४. Telnet/FTP: यसबाहेक सञ्जालमा रहेका कम्प्युटरहरू चलाउन प्रयोग हुने telnet तथा फाइलहरू आदानप्रदान गर्न प्रयोग हुने FTP को विकास पनि त्यसैताका भयो। FTP को प्रयोग अहिले पनि गरिन्छ । कुनै पनि फाईलहरु सर्भरमा अपलोद गर्न र सर्भरबाट फाईलहरु डाउनलोद गर्न यसको प्रयोग निकै लोकप्रिय छ ।

ARPANET मा जोडिएका चार कम्प्युटरहरूबाट शुरु भएको इन्टरनेटमा अहिले अरबौ कम्प्युटर तथा मोबाईलबाट प्रयोगकर्ताहरू जोडिएका छन्। विस्तारै इन्टरनेटको प्रयोग अमेरिकाबाट शुरु हुँदै विश्वव्यापी रुपमा प्रयोग हुन थाल्यो। आजको दिन सम्ममा इन्टरनेटले लामो फड्को मारिसकेको छ। शुरुका दिनहरुमा चलाउने ईन्टरनेट र आजको ईन्टरनेटमा आकाश जमिनको फरक छ ।